२०८२ बैशाख १७ गते
×

Now Playing

युगआह्वान दैनिकले गरयो पत्रकार, कर्मचारीको कोरोना बीमा

सुर्खेत, २१ जेष्ठ । प्रधान कार्यालय सुर्खेत रहेको युगआह्वान राष्ट्रिय दैनिक र भवानी छापाखानाले कोभिड–१९ को संक्रमण जोखिम न्यूनिकरण गर्न सम्पूर्ण पत्रकार, कर्मचारीहरुको व्यक्तिगत बीमा गरेको छ । अजोड इन्स्योरेन्स लिमिटेडले सुरु गरेको बीमा कार्यक्रममा युगआह्वान राष्ट्रिय दैनिक र भवानी छापाखानामा कार्यरत २५ जना पत्रकार तथा अन्य कर्मचारीहरुको १ लाखको कोरोना विशेष बीमा गरिएको हो ।

कोरोनाको जोखिमपूर्ण अवस्थामा पनि नियमित काममा खटिएका पत्रकार, कर्मचारीहरुलाई थप जिम्मेवार एवम् सुरक्षित महशुस गराउनका लागि सबैको कोरोना वीमा गरिएको युगआह्वान राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक दीपक कुमार बुढाले बताउनुभयो । यस बीमा कार्यक्रमबाट यदि वीमा गरिएका कर्मचारीहरु संक्रमित भइहाले पनि स्यमं व्यक्ति र परिवारले राहत महशुस गर्नुका साथै आइसोलेसन अवधिमा आइपर्ने आर्थिक समस्यासमेत टार्ने गरी कोरोना उपचारमा राहत हुने गरी वीमा गरिएको प्रकाशक/सम्पादक बुढाले बताउनुभयो । बीमा गरिएकाे भएपनि कार्यक्षेत्रमा खटिदा व्यक्तिगत सुरक्षार्थ अप्नाउनु पर्ने सम्पुर्ण विधि पुरा गरेर सजकतापूर्वक काम गर्न सबैमा अाग्रह गर्नुभएकाे छ । काेराेना लाग्नुभन्दा लाग्नै नदिनु नै राम्राे हुन्छ उहाँकाे भनाइ छ ।

पिसिआर पद्धति अनुसार बिमित कुनै पनि व्यक्ति, कर्मचारीलाई संक्रमण पुष्टि भएमा रित पुरयाएर आएमा सहजै रुपमा बीमा दाबी रकम एक लाख भुक्तानी गरिने अजोड इन्स्योरेन्सका प्रादेशिक कार्यालय कर्णाली प्रदेश प्रमुख योगेन्द्र बहादुर कार्कीले बताउनुभयो । बिमा गरेको पन्ध्र दिनसम्म परिक्षण अवधि हुने भएकाले त्यो अवधिमा कोरोना देखिए पनि बिमा दाबी गर्न नपाईने बताउँदै सोह्र दिनपछि एक बर्षभित्रमा पीसीआर परिक्षणमा कोरोना देखिएमा बीमा दाबी गर्न सकिने कार्कीको भनाई छ ।

कोरोना महामारीका कारण सरकारले २०७६ चैत्र ११ गतेदेखि घोषणा गरेका लकडाउन अवधिमा देशैभरका स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका बन्द भएपनि युगआह्वान राष्ट्रिय दैनिक नियमित प्रकाशन भई आम नागरिकलाई सुचना प्रवाह गरिरहेको छ । कर्णालीकाे पहिलाे र‌गीन ब्रासिट अाकारकाे राष्टि्य दैनिक पत्रिका हाे । कर्णालीका दैलेख, सल्लीबजार, जाजरकाेट र डाेल्पा जिल्लामा शाखा विस्तार गरी नियमित सेवा प्रवाह गर्दै अाएकाे छ । छापामिडिया स‌गै डिजिटल मल्टिमिडिया सञ्चालनमा ल्याएकाे पत्रिकाकाे अनलाइन युगन्यूज डट कम पछिल्लाे समय कर्णालीमा लाेकप्रिय बन्दै गएकाे छ ।  कर्णालीमा बुधवारसम्म एक सय नौं वटा संस्थाहरुको पोलिलसी काटिसकेको र पन्ध्र सय जनाले कोरोना बीमा गरिसकेको अजोड इन्स्योरेन्सका प्रादेशिक कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *