डोल्पाली युवाले दिए क्वारेन्टाइनका लागि निशुल्क घर

रामचन्द्र न्यौपाने
डोल्पा, २१ जेष्ठ ।
डोल्पाका एक युवाले क्वारेन्टाइनका लागि निःशुल्क घर दिएकाछन् । ठुलिभेरी नगरपालिका वडा नं. ३ का भिम न्यौपानेले क्वारेन्टाइन निर्माणका लागि जस्ताले छाएको काठको घर निःशुल्क दिएका हुन् । वडा कार्यालयको अनुरोधमा दश वेडको क्वारेन्टाइन निर्माण गर्न मिल्ने गरि निशुल्क रुपमा घर दिएको युवा भिम न्यौपानेले बताए । उदाहरणीय काम गरेको भन्दै जिल्लाबासीले उहाँको प्रशंसा समेत गरेकाछन् ।

‘देशमा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा सार्वजनिक विद्यालयमा समेत क्वारेन्टाइन राखे भन्दै तोडफोड गरेका घटना बाहिरिरहेका छन्, तर न्यौपानेले निसंकोच निशुल्क घर दिएर स्थानीय सरकारलाई ठुलो सहयोग गर्नुभयो’ वडा अध्यक्ष अर्ण न्यौपानेले भने ।

उहाँले राज्य संकटमा परेको बेला नागरिकहरुले आफुसक्दो नैतिक, भौतिक र आर्थिक सहयोग गर्नुपर्ने बताउँदै युवा न्यौपानेलाई धन्यवाद समेत दिए । उक्त घरमा अहिले जिल्ला बाहिरबाट आएका नागरिकहरु राखिएको छ ।

डोल्पाली युवाले दिए क्वारेन्टाइनका लागि निशुल्क घर

राहत कोषमा कार्यकारी प्रमुखद्वारा १ महिनाको तलव

डोल्पाली युवाले दिए क्वारेन्टाइनका लागि निशुल्क घर

विहेपछि पनि जागिर खाने सपना त्यागिएन

Leave a comment

Your email address will not be published. Required fields are marked *