पाचँ जना विद्यार्थी : दुइ जना शिक्षक

सल्यान  : कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर हिवरेस्थित कालिका आधारभूत विद्यालय विद्यार्थीविहीन बनेको छ।

एक कार्यालय सहयोगसहित दुई शिक्षकको दरबन्दी रहेको उक्त विद्यालयमा विद्यार्थी रहेका छन् । कक्षा १ मा दुई, २ मा एक र ३ मा दुई गरी जम्मा ५ विद्यार्थी रहेका छन् ।

‘भर्ना भएका विद्यार्थी नियमित नआउँदा विद्यालय सधैं सुनसान हुने प्रधानाध्यापक हुर्मत थापाले बताए । उनले भने, ‘विद्यार्थी अभावमा न नियमित पठनपाठन गर्न सकिएको छ । न बन्द ।’ उनका अनुसार गाउँबाट दाङतिर बसाइँसराई गर्ने क्रम बढेपछि विद्यार्थी अभाव भएको हो। सबै विद्यार्थी उपस्थित भए एउटै कक्षामा राखेर पठन–पाठन गराउने गरिएको उनले जानकारी दिए।

शिक्षा नियमावली अनुसार एक शिक्षक बराबर ४५ विद्यार्थी हुनुपर्ने प्रावधान छ । विद्यालयमा भने एक शिक्षकको भागमा २ विद्यार्थी मात्र छन् । विद्यार्थी संख्या बढी भएका विद्यालयमा सरुवा भएर जान खोजे पनि दरबन्दी मिलान नभएकाले समस्या भोग्दै आइरहेको अर्का शिक्षक रुद्रबहादुर थापाले बताए । विद्यार्थी्विहीन विद्यालयको भवन जीर्ण बन्दै गएको उनले जानकारी दिए ।

विद्यार्थी नभएकै कारण फर्निचर, शैक्षिक र खेल सामग्री थन्क्याएर राख्नु परेको उनको भनाइ छ । ‘विद्यालय बन्द गरी बाहिर सरुवा गर्न पटकपटक गाउँपालिकासँग अनुरोध गरिए पनि बेवास्ता भएको छ’, उनले भने, ‘विद्यालय नियमित खोले पनि विद्यार्थी नहुँदा अधिकांश दिन पठन–पाठन नै हुँदैन ।’ विद्यालयमा विद्यार्थी संख्या घटेपछि कक्षा ५ सम्म सञ्चालन गरिएको विद्यालय केही वर्ष अघि मात्रै १–३ मा झारिएको थियो ।

गाउँमा एक दशकअघि ५० घरधुरी थिए । अधिकांश घरधुरी दाङ बसाइ सरेपछि गाउँ सुनसान बन्दै गएको छ । विद्यार्थीविहीन कालिका आधारभूत विद्यालयलाई शारदा खोलाको किनारमा रहेको चापिज्यूला बस्तीमा सार्ने तयारी भइरहेको कालीमाटी गाउँपालिका १ का वडा अध्यक्ष रबिलाल बस्नेतले बताए ।

त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइरहेको र चापिज्यूलामा भवन निर्माणको काम छिट्टै सुरु हुने उनको भनाइ छ ।

पाचँ जना विद्यार्थी  : दुइ जना शिक्षक

टावर नहुँदा सञ्चारमा समस्या

Leave a comment

Your email address will not be published. Required fields are marked *