टावर नहुँदा सञ्चारमा समस्या

डोल्पा : नेपाल टेलिकमको रिपिटर टावर कम हुँदा डोल्पाका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुँने गरेको छ ।

जिल्लामा रहेका १३ वटा टावरमध्ये छ ठाउँमा रहेका टावर कोरियान सेटेलाइटबाट जोडिएका छन् भने बाँकी पाँच ठाउँमा रहेका माइक्रोवेबमा जोडेर सञ्चालन भएका छ।

जिल्लाको मौरे, रसीको लेखमा रिपिटर टावर रहेको नेपाल टेलिकम डोल्पाका प्राविधिक नवराज भट्टराईले बताए। कोरियान सेटेलाइटबाट जोडिएका टावरबाट एक पटकमा १६ जना व्यक्तिले मात्र फोन गर्न मिल्ने उनले जानकारी दिए।

माइक्रोबेवमा नजोडिएका कारण डोल्पाका अधिकांश स्थानीय सञ्चार सेवा सहज रूपमा प्रयोग गर्न पाएका छैनन्। उपल्लो डोल्पाको सहरतारामा कोरियान सेटेलाइट विस्थापित गरेर माइक्रोबेवबाट चल्ने टावर जोड्ने काम सुरु भए पनि अहिले हिमापात जारी रहेकाले दुई महिनादेखि काम सुरु गर्न नसकिएको भट्टराईले जानकारी दिए।

जिल्लामा दुई मात्र रिपिटर टावर हुँदा सबै ठाउँमा रहेका टावरमा लिंक जोड्न समस्या भएको छ। रिपिटर टावर कम भएकै कारण जिल्लामा महिना पिच्छे टावरमा समस्या आउने गरेको हो। जिल्लाका सबै टावरलाई माइक्रोबेवमा जोडेर सञ्चालन गरेमा मात्र यहाँको सञ्चार सेवा प्रभावकारी हुँने टेलिकमले जनाएको छ।

सेटेलाइटबाट एक पटक १६ जनाले फोन गर्न मिल्ने र ईन्टरनेट चलाउदा भारी महँगो हुँने गर्दछ। महँगो तथा कम गति भएका कारण दैनिक फोन गर्न मोबाइलमै पालो कुर्नुपर्ने अवस्था आएको स्थानीयबासी बताउँछन् ।

डोल्पामा नयाँ २ टावरको निर्माण कार्यसमेत जारी रहेको बताइएको छ। टेलिफोन सेवा प्रभावकारी नहुँदा काम गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए। मुडेकेचुला गाउँपालिकामा नयाँ टावर थपेर काम सुरु भएको छ। अहिले भारी हिमपात हुँने भएकाले टावरमा बढी समस्या आएको टेलिकमले जानकारी दिएको छ।

टावर नहुँदा सञ्चारमा समस्या

व्यवहारमा लागु गर्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *