दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

सल्यानको दुर्गम र विकट क्षेत्र शारदा नगरपालिका ९ स्थित भुवनेश्वरी माध्यमिक बिद्यालयका जेहेन्दार तथा अति विपन्न बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरिएको छ । सल्यान कला साहित्य परिषदले आठौं बार्षिकोत्सवको अवसरमा बुधबार बिद्यालयमै पुगेर न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको हो । कक्षा ६ देखि १० सम्म अध्य्यनरत १२ जना विपन्न विद्यार्थीलाई […]

फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिइएको हो । बजार सफा बनाउनुका साथै त्यसबाट सङ्कलन भएको रकमलाई यस्तै न्यून आर्थिक अवस्था भएकालाई सहयोग गर्ने गरेको सफाइ अभियानको संयोजक […]

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

जुम्लाको चन्दननाथ नगरपालिका–१ मालिका आधारभूत आचार्यबाडामा तीन कक्षामा अध्ययनरत नबिना कुलाल औपचारिक कार्यक्रम चल्दै गर्दा कालो झोला बोकेर मुस्कुराउँछिन् । त्यसपछि झोलाभित्र रहेका शैक्षिक सामग्री(कलम, काफी,स्कुल ड्रेस,जुता र मोजा) खोतल्छिन् । अन्तमा मास्क लगाएर हिँड्न खोज्दा पुनः रोकिन्छिन् । नाबालकले गरेको गतिबिधिले सबैको ध्यान केन्द्रित गर्छ । गतिबिधि नियालिरहेकी अभिभावक (आमा) बाँचा कुलालले आकर्षक झोलाभित्र […]

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

जुम्लाको तातोपानी गाउँपालिकाका सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गाउँपालिका भरी अध्ययनरत दुई सय ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ भने कक्षा १ देखि ८ सम्मका ५२ वटा कक्षा कोठा व्यवस्थापनका लागि सामग्री सहयोग गरिएको हो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभःद चिल्डे्नको सहयोग तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र […]