भारतको बद्रीनाथ दर्शन गरेर फर्किए लुवासरका धामीझाँक्री
हुम्ला जिल्लाका लुवासुरका धामी राजबहादुर बोहरा र झाँक्री छत्तबहादुर रोकायाको टोली भारतको बद्रीनाथको धार्मिक पूजाआजा गरी जिल्लामा फर्किएका छन् । जनै (साउने ) पूर्णिमाको अवसर पारी हिन्दूहरूको पवित्र धार्मिक स्थलको पूजापाठ गरेर धामीको टोली जिल्लामा आइपुगेको हो । लुवासुर देवताका लागि बद्रीनाथ निकै महत्वपूर्ण र जन्मस्थल भएको कारण धामीको टोलीलाई बद्रीनाथको दर्शन गराएर फिर्ता ल्याइएको […]




