विपन्न घरधुरीमा शौचालय बनाउँन डकर्मी तालिम

विपन्न परिवारका घरमा शौचालय बनाउँने उद्देश्यले सल्यानको छत्रेश्वरी गाउँपालिकामा डकर्मी तालिमको आयोजना गरिएको छ । स्तरिय तथा शौचालय नै नभएका विपन्न समुदायका नागरिकका लागि गाउँपालिका २० वटा घरधुरीमा शौचालय निर्माण गर्ने उद्देश्यले डकर्मी तालिमको आयोजना गरिएको वास इकाईका प्राविधिक सहजकर्ता गम्भीरजंग चन्दले जानकारी दिए । तालिम अवधिमा प्रशिक्षकका साथमा रहने प्रशिक्षार्थीहरुले घरघरमा शौचालय निर्माण गर्नेछन् […]