लाभग्राही परिवारलाई २४ करोड बढी भुक्तानी

भूकम्प प्रभावित १० हजार एक सय ५३ परिवारले अस्थायी आवास निर्माण सम्झौता गरेका छन् । हालसम्म स्थानीय तहले ५९ हजार एक सय ६२ लाभग्राही कायम गरेका थिए । आवास निर्माण सम्झौता भएकामध्येलाई २४ करोड ६२ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा दुई हजार चार सय २३ र […]

भूकम्प प्रभावित लाभग्राहीको अन्तिम तथ्यांक कहिले आउने ?

सरकारी निकायलाई राहत र अस्थायी आवास निर्माणमा मात्र ध्यान दिने समय छैन । स्वास्थ्य, शिक्षा लगायतका नियमित कार्यक्रमहरु समेत सञ्चालन गर्ने चुनौती रहेको छ ।

जुम्लाको तातोपानीमा तीन हजार भन्दा बढि घरको बीमा

कर्णालीमा भूकम्प लगायतका विपद् प्रतिरोधि संरचना नभएकैले ठुलो भौतिक क्षति हुने गरेको छ । गत कार्तिक १७ गते गएको जाजरकोट भूकम्पका कारण कर्णालीमा अर्बौको भौतिक क्षति भएको छ । करिब १० हजारबढी घर मात्रै पुर्ण तथा आशिंक क्षति भएका छन् । गत वर्षको असोजमा आएको बेमौसमी वर्षाले समेत जुम्लामा सयौ घरमा क्षति गरेको थियो । […]

दोस्रो चरणमा पनि कांग्रेसले भूकम्पपीडितका लागि निःशुल्क अस्थायी संरचना बनाउदै

नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पीडितका लागि निःशुल्क अस्थायी घर टहरा निर्माणको कामलाई निरन्तरता दिने भएको छ । महामन्त्री गगन थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले पीडितको अस्थायी आवास निर्माण मंसिर २६ देखि पुस ६ गतेसम्म दोस्रो चरणको अभियान गर्ने निर्णय गरेको हो । ‘यस अवधिमा केन्द्रीय […]

जाजरकोटमा भूकम्पबाट नौ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट भूकम्पबाट नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर […]

भूकम्पपीडितलाई चिसो थेग्नै मुस्किल

दुई सयभन्दा बढी घरधुरी रहेको चिउरी गाउँमा ४५ जना सुत्केरीसँगै १२ जना गर्भवती महिला भएको स्वयंसेविका विकले बताएकी छन् ।

भूकम्पपीडितको अस्थायी आवास निर्माणको लागि सहायता कक्ष सञ्चालन

नेपाल रेडक्रस सोसाईटी सल्यानले भूकम्प प्रभावित दार्मा गाउँपालिकामा भूकम्पीडितको अस्थायी आवास निर्माणको लागि सहायता कक्ष सञ्चालन गरेको छ । रेडक्रसले अहिले दार्मा गाउँपालिकाको ६ वटै वडामा सहायता कक्ष सञ्चालन गरेर एक जना स्वयंसेवक राखी अस्थायी आवास निर्माणको लागि सम्बन्धित निकायबाट पाउनुपर्ने ५० हजार रुपैयाँ उपलब्ध गराउन पीडितको निवेदन संकलन, फारम तथा अनुसुची भर्ने लगायतका कामहरु […]

बीमा दावी रकम भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनिले बीमा दावी रकम भुक्तानी गरेको छ । भूकम्पमा परि मृत्यु भएकी नलगाड नगरपालिकाकि उप–प्रमुख सरिता सिंहको परिवारलाई पाँच लाख ४० हजार रुपैयाँ बीमा दावी रकम भुक्तानी गरेको हो । नलगाड नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जि.सी, नलगाड नगरपालिकाका प्रमुख डम्बर रावत, नेपाल […]

समाज नै मानसिक स्वास्थ्यको जोखिममा

नेपाल रेडक्रस सोसाइटीले जाजरकोट भूकम्पपछि विपद्मा केन्द्रित हुँदा समाज नै मानसिक स्वास्थ्यको जोखिममा रहेको बताएको छ । नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) ले जाजरकोट भूकम्प प्रतिकार्यका सम्बन्धमा काठमाडौंमा आयोजना गरेको एक सम्मेलनमा यस्तो बताइएको हो । नेपाल रेडक्रस सोसाइटीद्वारा जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि गत एक महिनामा गरिएका प्रतिकार्यका गतिविधिहरू, स्रोतको अवस्था र […]

भूकम्पबाट जोगिए तर चिसोबाट ज्यान गुमाउँदै छन् भूकम्प पीडित

गत १७ कार्तिकमा गएको भूकम्पबाट एक सय ५३ जनाको मृत्यु भएको थियो । तर जाजरकोट भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकामा सबै नागरिक सकुसल रहेका थिए । भूकम्पबाट आफ्नो गाउँपालिकाका सबै नागरिक जोगिएकोमा धन्य देखिएका पालिका अध्यक्ष बीरबहादुर गिरी अहिले तनाबमा परेका छन् । अध्यक्ष गिरी भन्छन्, ‘भूकम्पको केन्द्रविन्दु भएपनि हामी सबै सकुसल रहेका थियौ । […]

सुत्केरीलाई इनास फ्रान्सको आर्थिक सहयोग

भूकम्पका कारण यतिबेला सबैभन्दा बढी बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिला प्रत्यक्ष मारका परेका छन् । त्रिपालमुनि बसिरहेका भूकम्पपीडितहरूको स्वास्थ्य हिउँदे वर्षाको कारण थप जोखिममा परेको छ । यस्तो बेला रुकुम पश्चिमका दुई जना सुत्केरीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ की १८ वर्षिया कल्पना विक र सानीभेरी गाउँपालिका वडा […]

चिसोले भूकम्प पीडित थप प्रभावित

भूकम्पले घर भत्किएपछि सल्यानको दार्मा गाउँपालिका–२, लिरापाजाकी ३५ वर्षिय लीला खत्री पाँच जनाको परिवारसहित त्रिपालमा बस्दै आएकी छिन् । त्रिपालमा बस्दा चिसोले उनीसहित चार वर्षिया छोरीलाई ज्वरो आएको थियो । औषधि खाएपछि सन्चो भएपनि हवात्तै बढेको चिसोसँगैको वर्षातले उनको परिवारै थप प्रभावित भएको छ । त्रिपालमा बस्नुपर्ने बाध्यता र ओढ्ने ओछ्याउने गतिलो नभएपछि दार्मा गाउँपालिका–२, […]

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड २४ लाखभन्दा बढी रकम जम्मा

जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड २४ लाख ८९ हजार एक सय ६ रुपैयाँ जम्मा भएको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव चार म्याग्निच्युडको भूकम्पपछि प्रभावित भएकाहरूको सहयोगका लागि उक्त रकम कोषमा जम्मा भएको हो । कात्तिक १८ गतेदेखि मंसिर १५ गतेसम्मको अवधिमा उक्त रकम ८१ […]