भूकम्पीय क्षति घटाउन घर तथा भवन बनाउँदा नक्सा पास अनिवार्य

गत कार्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्र विन्दु भएर गएको ६ दशमलव चार रेक्टर स्केलको भूकम्पले ठुलो जनधनको क्षति ग¥यो । भूकम्पले जाजरकोट र रुकुम पश्चिमा गरी एक सय ५४ जनाको ज्यान गयो । हजारौँको संख्यामा घरहरू भत्किएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार जाजरकोट भूकम्प र त्यसको पराकम्पले जाजरकोट, […]

भूकम्पका लाभग्राहीको संख्या अझै बढ्ने

जाजरकोट भूकम्पका लाभग्राहीको संख्या बढेको छ । विवरण संकलनको क्रम जारी रहेकाले संख्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको संख्या ६७ हजार सात सय ८० पुगिसकेको छ । यो अझै थपिने क्रममा छ । यसअघि ५९ हजार भन्दाबढी लाभग्राही कायम भएकामा पछिल्लो अध्यावधिक तथ्यांकमा झण्डै […]

भूकम्पपीडितका लागी अस्थायी टहरा बनाउँदै तरुण दल

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल जाजरकोटमा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माणमा जुटेको छ । ५० जना युवाहरुले चार वटा समूह बनाएर काम गरिरहेका छन् । जिल्ला सदरमुकाम खलंगामा स्थानीय युवा समेतको सहभागितामा निर्माणको काम गरिरहेको तरुण दलका केन्द्रीय अध्यक्ष भुवन गुरुङले बताए । यसबाहेक भेरी नगरपालिका–१ का रिम्ना लगायतका स्थानमा तीन समूह बनाएर […]

भूकम्पपीडित सुत्केरीलाई चार सय टेन्ट उपलब्ध

सेभ द चिल्ड्रेनले नलगाड र रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भूकम्पपीडित सुत्केरीलाई चार सय टेन्ट उपलब्ध गराएको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले सम्बन्धित पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा न्यानो ओछ्यान र चुलो समेत जडान गरिएको टेन्ट वितरण गरिएको हो । पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट अध्यक्ष छवी पन्तले […]

दार्मामा २ सय ४१ अस्थायी आवास निर्माण

चिसोमा त्रिपालमुनि बस्दै आइरहेका दार्माका भूकम्प पीडितका लागि हालसम्म दुई सय ४१ अस्थायी आवास निर्माण भएका छन् । विभिन्न राजनीतिक दल, स्थानीय र संघ संस्थाले स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरेका हुन । माओवादी केन्द्रले ६७ अस्थायी टहरा र ४८ भग्नावशेष, नेकपाले २४ अस्थायी आवास र २३ भग्नावशेष हटाएका छन् भने स्थानीय स्वयमले एक […]

नेपाल इन्जिनियरिङ कलेजको भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने घोषणा

जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजले २०८० कार्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई पाँच वटा पूर्णछात्रवृत्ति दिने घोषणा गरेको हो । कलेजले स्नातक तह अन्र्तगत आर्किटेक्चर, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियङि, […]

भूकम्प पीडितलार्ई युकेबाट संकलित राहत रकम वितरण

भूकम्पबाट पिडित जाजरकोटका अति विपन्न एक सय घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । युकेमा रहेको केनिङ्टन आमा समूहबाट संकलन भएको पाँच लाख रुपैयाँ अति विपन्न घरपरिवारलाई राहत स्वरुप वितरण गरिएको हो । भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका वडा नम्बर १ का ४७ र वडा नम्बर ७ का ५३ घर परिवारलाई प्रति परिवार पाँच हजारको दरले […]

नेपाल तरुण दलले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्ने

जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घरबास गुमाएकाहरूका लागि नेपाल तरुण दलले पनि अस्थायी आवास निर्माण गरिदिने भएको छ । यस प्रयोजनका लागि नेपाल तरुण दलको एक टोली सोमवार जाजरकोट प्रस्थान गरेको छ । यसअघि त्यहाँ विभिन्न राजनीतिक दल तथा तिनका भ्रातृ संगठनले पीडितका लागि अस्थायी आवास निर्माण गर्ने काम गरिरहेका छन् । सोही बमोजिम […]

भूकम्पबाट प्रभावित क्षेत्रमा ‘हरित पुनः स्थापना’ गरिने

जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित क्षेत्रमा ‘हरित पुनः स्थापना’ गरिने भएको छ । कर्णाली प्रदेश सरकारले सो क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने भएको छ । यस्ता योजना बनाउन प्रदेश सरकारले स्थानीय तह, दातृ निकाय तथा सम्बन्धित सरोकारवालासँग छलफल समेत थालेका छ । कर्णाली […]

मृत्यु भएका व्यक्तिका परिवारलाई राष्ट्रिय बीमा बापतको रकम

भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका परिवारलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम उपलब्ध गराएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका नागरिकको प्राकृतिक विप्दबाट मृत्यु भएमा प्रतिव्यक्ति दुई लाखका दरले राहत रकम उपलब्ध राउन राष्ट्रिय बीमा कम्पनीसँग २०७६ साल चैत्र १ गतेदेखि लागू हुनेगरी प्राकृतिक विपत् दुर्घटना बीमा कार्यक्रम सुरु गरेको थियो । […]

भूकम्प प्रभावित जिल्लामा खोप अभियान सञ्चालन हुने

भूकम्पका कारण प्रभावित क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गरिने भएको छ । भूकम्पपछि आउनसक्ने सम्भावित स्वास्थ्य जोखिमलाई ख्याल गर्दै खोप कार्यक्रम अगाडी बढाउने बताईएको हो । रूकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आईतवार आयोजित जिल्ला खोप समन्वय समिति र संञ्चारकर्मीहरूसँगको अभिमुखीकरण बैठक मार्फत यसको जानकारी गराईएको हो । स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिमका निमित्त स्वस्थ्य सेवा व्यवस्थापक […]

कार्यकर्ताले बनाए तीन हजार बढी अस्थायी आवास

रुकुमपश्चिममा तीन हजार सात सय ५० वटा अस्थायी निजी आवास निर्माण गरिएको छ । विभिन्न राजनीतिक दलले परिचालन गरेका स्वयंसेवकले जिल्लाभर भूकम्पपीडितका लागि तीन हजार सात सय २० वटा अस्थायी आवास निर्माण गरेका हुन् । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माका अनुसार नेकपा (माओवादी केन्द्र) ले तीन हजार स्वयंसेवक परिचालन गरेर तीन हजार एक सय ६८ […]

झण्डै डेढ महिनादेखि त्रिपालमै भूकम्प पीडित

नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्री खुला ठाउँमा त्रिपाल टाँगेर बसेका छन् । राज्यले दिने रकमको प्रतीक्षामा रहेको उनले बताए । विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको भरमा चिसो तथा अभावसँग जुध्नुपरेको उनको गुनासो छ । आफ्नै खेतबारीमा उत्पादन हुने अन्नले चार महिना खाना नपुग्नेहरुलाई आर्थिकरुपमा अब कसरी परिवारका समस्या समाधान गर्ने […]