रुकुम र जाजरकोट भूकम्पबाट क्षति पुनर्निर्माणलाई २१ अर्ब ६० करोड

सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा आएको भूकम्पका कारण भएको क्षति पुनर्निर्माणका लागि २१ अर्ब रुपैयाँ छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो । सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्याङ्क निकालेर पुनर्निर्माण प्रक्रिया अघि बढाउने घोषणा गरेको छ । स्वास्थ्य संस्था, विद्यालयको शीघ्र पुनर्निर्माण गर्ने सरकारको घोषणा छ […]

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग

बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ दुई अर्ब १८ करोड ४० प्रदान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलायतको सहयोग नियोग (युके एड) र नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिअनुसार भूकम्प प्रभावित क्षेत्रका ५० हजार मानिसलाई स्वच्छ पेयजल, सरसफाइ, पोषण, खाद्य सुरक्षालगायत आवश्यकता सम्बोधन गर्न उक्त रकम प्रदान गरिएको हो […]

भूकम्प प्रभावितलाई राहत वितरण

जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा–६ मा बिहिवार भूकम्प प्रभावित सात सय भन्दा बढी परिवारका लागि १ हजार ३ सय भन्दा बढी सेटहरुमा राहत वितरण गरिएको छ । प्लान इन्टरनेसनलको साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले वडा कार्यालय संग सहकार्य गरेर वितरण गरेको हो । वितरण बिहिवार र शुक्रवारसम्म चल्नेछ । बिहिवार वडा अध्यक्ष वीरेन्द्र खड्काको […]

भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढ्यो

सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढाएको छ । जाजरकोट, बझाङ र डोटी केन्द्रविन्दु भई गएको भूकम्पका कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र अन्य भौतिक संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापनाका लागि क्षति आँकलनको प्रक्रिया अघि बढाएको हो । विस्तृत क्षति आँकलनको अवधारणा स्वीकृत गरी अर्थ मन्त्रालयमा […]

तीन स्थानीय तहका पाँच विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण

जुम्लाको सिंजा क्षेत्रका तीन स्थानीय तहमा रहेका पाँच विद्यालयका भवनहरु भूकम्प प्रतिरोधी बनेका छन् । निकै जीर्ण र कमसल भवनहरु भत्काएर भूकम्प प्रतिरोधी भवन बनाइएको हो । कनकासुन्दरी गाउँपालिकाको भैलापाटा र गोरुचौर आधारभुत विद्यालय, हिमा गाउँपालिकाको भैरब आधारभुत विद्यालय जोगीबाडा र महादेव आधारभुत विद्यालय कुडु तथा सिंजा गाउँपालिका–६ नम्बरको माध्यमिक विद्यालय जोडुमा भूकम्प प्रतिरोधी भवन […]

२ सय अस्थायी आवास स्थानीय सरकारलाई हस्तान्तरण

जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरूका लागि निर्माण गरिएका २ सय वटा अस्थायी आवासहरू स्थानीय सरकार लाई हस्तान्तरण गरिएको छ । नलगाड नगरपालिका वडा नं १ कल्पतमा ६३ वटा, भेरी नगरपालिका १ मैदे र कोल्चौरमा ७१ र आठबीसकोट नगरपालिकाको १३ र १४ मा गरि ६६ सहित जम्मा २ सय वटा अस्थायी आवास नगरपालिका र सम्बन्धित […]

भूकम्पपीडितले पाएनन् दोस्रो किस्ता

जाजरकोट भूकम्पको पाँच महिना बित्दासमेत भूकम्पपीडितले अस्थायी आवासको दोस्रो किस्ता पाउन सकेका छैनन् । जिल्लामा ४२ हजार ५ सय २४ लाभग्राही कायम रहेकोमा हालसम्म नौ हजार १ सय ४९ जनाको मात्र दोस्रो किस्ताका लागि विपत् पोर्टलमा नाम प्रविष्ट भएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको तथ्याङ्क अनुसार हालसम्म सबैभन्दा बढी भेरी नगरपालिकामा चार हजार ९४० जनाको नाम […]

भूकम्पमा भत्किएका ७ सय विद्यालय भवन निर्माणका लागि बजेट व्यवस्थापन गर्ने

अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको हो । सोमबार अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबिच अर्थ मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो । भूकम्पका कारण […]

स्थानीय तहको लापरबाहीले दोस्रो किस्ता पाउन मुस्किल

भूकम्प गएको चार महिना बित्दासम्म जाजरकोटका भूकम्प पीडितले अझैसम्म दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । भेरी, नलगाड, छेडागाड, जुनिचाँदे, कुशे, शिवालयका स्थानीयबासीले दोस्रो किस्ता पाउन सकेका हुन् । भूकम्पले घर भत्किएका उनले अस्थायी आवासवापतको २५ हजार पाएर टहरा पनि बनाइसके पनि उनीहरूले दोस्रो किस्ता पाउन नसकेका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]

जाजरकोट भूकम्पः रुकुमपश्चिममा ३० हजार अस्थायी आवास निर्माण

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुमपश्चिममा अस्थायी आवास निर्माण भइरहेका छन् । भूकम्प गएको पाँच महिनामा भूकम्पपीडितको अस्थायी आवास निर्माणको काम अन्तिम चरण पुगेको छ । सो अवधिमा जिल्लाभर २९ हजार सात सय ६४ अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए । […]

भूकम्पपीडितले अझै पाएनन् दोस्रो किस्ताको रकम

भूकम्प गएको साढे चार महिना बितिसक्दा पनि भेरी नगरपालिका–३ का मोहनजंग खत्रीले अस्थायी आवासका लागि दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । भूकम्पले घर भत्किएका उनले अस्थायी आवास बापतको २५ हजार पाएर टहरा पनि बनाइसके। तर, उनले अहिलेसम्म दोस्रो किस्ताको थप २५ हजार रकम पाउन सकेका छैनन् । ‘साहुसँग ऋण गरेर टहरा बनायौं तर अहिलेसम्म […]

एउटै ठाउँबाट तीन कार्यालयको सेवा

जाजरकोटमा तीन वटा सरकारी कार्यालयले एउटै भवनबाट सेवा प्रवाह गरेका छन् । कात्तिक १७ को जाजरकोट भूकम्पले भाडामा बस्दै आएको घर भत्किएपछि नापी कार्यालय, मालपोत कार्यालयले भेरी नगरपालिका–४, बोहरागाउँस्थित शिक्षा विकास तथा समन्वय एकाइको भवनबाट सेवा दिइरहेका छन् । जुनीचाँदे गाउँपालिका–२ का भीमप्रसाद न्यौपानेले एउटै भवनबाट तीन वटा कार्यालयले सेवा प्रवाह गरेपछि सेवाग्राहीलाई समस्या हुने गरेको […]

पहिलो किस्ता पाउनै मुस्किल

जाजरकोट भूकम्पपछि आवासविहीन बनेका पीडितले १२८ दिन बित्दा पनि पहिलो किस्ता रकम पाउन सकेका छैनन् । पुनर्निर्माणका काम अघि बढ्नुपर्ने बेलासम्म समेत अस्थायी आवासका लागि पाँच हजार ६६९ लाभग्राहीले पहिलो किस्ता रकम लिनै मुस्किल परेको छ । स्थानीय तहको ढिलासुस्तीका कारण सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको रकम वितरण नगर्दा खातामै थन्किएको छ । भूकम्पले घरवारविहीन पीडितलाई […]