सामुदायिक वनमा आगो लाग्दा बिरुवामा क्षति

रुकुमपश्चिमको एक सामुदायिक वनमा लागेको डढेलोका कारण करिब चारसय बोट बिरुवामा क्षति पुगेको बताइएको छ । मुसीकोट नगरपालिका–१ रावलबारास्थित बारेगौरा सामुदायिक वन क्षेत्रमा आगलागी हुँदा चारसय बोट बिरुवामा क्षति भएको डिभिजन वन कार्यालय रुकुमपश्चिमले जानकारी दिएको छ । डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार सामुदायिक वनमा आगलागी हुँदा करिब १५ हेक्टर क्षेत्रफलमा रहेका विभिन्न […]

आगलागीबाट दुई बालबालिकाको मृत्यु

मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा गएराति ३ घरमा आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गाडेखोला टोलका सञ्ज्याल तीन दाजुभाइको घरमा गएराति १ बजेतिर आगलागी भएको थियो । आगलागीमा लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल सञ्ज्याल र १२ वर्षीया छोरी झरना सञ्ज्यालको आगोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

त्रिपुरा माध्यमिक विद्यालयको प्रशासनिक भवनमा आगलागी

हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका–१ मा पर्ने त्रिपुरा माध्यमिक विद्यालयमा भीषण आगलागी भएको छ । विद्युत लाइन सर्ट भएर सुरु भएको आगलागीबाट विद्यालयको चार कोठे प्रशासनिक भवन जलेर नष्ट भएको हो । आगलागीबाट प्रशासनिक कागजातहरू जलेर नष्ट भएको प्रधानाध्यापक जयबहादुर बस्नेतले बताए। आगो नियन्त्रणमा लिनका लागि डोजर लगाएर भवन भत्काइएको उनको भनाइ छ । मानवीय […]

कुखुरा फार्ममा आगलागी हुदा लाखौंको क्षति

गुर्भाकोट नगरपालिका–२ ढावमा रहेको कृषि फार्ममा आगलागी भएको छ । शनिवार राति ११ बजे स्थानीय लोकबहादुर वलीको कुखुरा फार्ममा आगलागी भएको हो । आगलागीबाट कुखुरा फार्ममा रहेका एक हजार पाँच सय बोइलर कुखुरा, २५ बोरा कुखुराको दाना र पोल्ट्री फर्म जलेर नष्ट भएको छ । स्थानिय लोकबहादुर वलीले सञ्चालन गरेको चिसापानी पशुपंक्षी कृषि फार्ममा अचानक […]

पेट्रोल चोरी गर्न खोज्दा मोटरसाइकलमा आगलागी

सुर्खेतमा मोटरसाइकलबाट पेट्रोल चोरी गर्न खोज्दा आगलागी भएको छ । भेरीगंगा नगरपालिका–४ हर्य बस्ने २८ वर्षिय क्षितिज श्रेष्ठको भे.१० प ८६०८ नम्बरको मोटरसाइकलमा मंगलवार बिहान आगलागी हुँदा मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको हो । आफ्नै घर बाहिर पार्किङ गरी राखेको मोटरसाइकलबाट सोही ठाउँ बस्ने १९ वर्षिय कमल शाही र २४ वर्षिय पुरन बुढामगरले पाईपबाट पेट्रोल […]

कनकासुन्दरीको एक होटलमा आगलागी, लाखौँको क्षति

कनकासुन्दरी गाउँपालिका–५ लुड्कुमा रहेको विद्यालय नजिकै गगन बहादुर बुढा सञ्चालन गरेको होटलमा आगलागी गरिएको हो ।

  • 1
  • 2