ग्रामीण भेगमा सिंचाइ सुविधाको लागि साढे ९१ लाख बढीको नमुना आयोजना

दुई आर्थिक वर्षमा सम्पन्न भएको जलवायु अनुकुलन सम्बन्धी नमुना सिंचाई आयोजनाले सल्यान छत्रेश्वरी गाउँपालिका, ५ का किसानहरु हर्षित भएका छन् । वडा नं ५ स्थित काप्रेचौर जरेखोली सिंचाइ आयोजना सम्पन्न भएसंगै किसानहरुमा खुसी छाएको हो । करिव ८ हेक्टर जमिनमा सिंचाइ सुविधाको पहुँच पुग्नेगरी सम्पन्न आयोजनाले ६५ घरधुरीका किसानलाई प्रतयक्ष रुपमा लाभ प्रदान गरेको छ […]