विनाशबाट बच्न विकासको ढाँचा बदल्नुपर्छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विनाशको चपेटाबाट बच्न विकासको ढाँचा बदल्नुपर्ने बताएका छन् । नगर विकास कोषद्वारा बुधवार सुर्खेत वीरेन्द्रगनरमा आयोजित ‘भूकम्प प्रभावित क्षेत्रका प्राविधिकलाई भवनसंहितासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’को उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले अहिले भइरहेको जथाभावी विकासको ढाँचा बदल्न नसकिए विपत्तिको चपेटामा परिने बताएका हुन् । उनले भने, “अहिले भइरहेको विकासको ढाँचा बदल्न आवश्यक छ […]




