बर्दियाका महिलाले गरे सालको पात संकलन गरेर दुना टपरी उद्योग संचालन
सरला सुवेदी । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका महिलाहरूले सालको पात संकलन गरी दुना(टपरी उद्योग संचालन गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्ने उदाहरण प्रस्तुत गरेका छन्। बारबर्दिया नगरपालिका वडा नम्बर ७ का मध्यवर्ती सामुदायिक वनका उपभोक्ता महिलाहरूले वनमा खेर गइरहेका सालका पातको सदुपयोग गर्दै घर नजिकै दुना(टपरी बनाउने काम शुरू गरेका हुन्। आर्थिक अवस्था कमजोर भएका १० […]



