रोहित पौडेलको शतकमा वेस्ट इन्डिजविरुद्ध नेपाल ४ विकेटले विजयी

कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको जित निकालेको हो । नेपालका लागि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाए । उनले ६ छक्का र १० चौका प्रहार गर्दै ११२ रन बनाएका हुन् । […]