राप्ती नदीमा माछा मार्ने क्रममा ११ वर्षीय बालक बेपत्ता

बाँके,१४ असोज ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–७ सैयापुरका ११ वर्षीय भीम पुन राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्।

स्थानीय वडाध्यक्ष राम लखन थारुको जानकारीअनुसार भीम आफ्ना बुबा प्रेम पुनसँगै सोमबार दिउँसो राप्ती नदीको पिप्रहवा घाट नजिक माछा मार्न गएका थिए। माछा मार्ने क्रममा भीम नदीमा पसेपछि अचानक डुबेर बेपत्ता भएका हुन्।

घटनापछि सशस्त्र प्रहरीको गोताखोर टोली शमसेरगञ्जबाट घटनास्थल पुगेको थियो। तर, सोमबार अबेर रातीसम्मको खोजी कार्य असफल भएपछि टोली फर्किएको वडाध्यक्ष थारुले बताउनुभयो।

मंगलवार बिहानदेखि स्थानीय बासिन्दाहरू आफैंले नदीको किनार नजिक र टाढासम्म पुगेर बालकको खोजी जारी राखेका छन्। यद्यपि, अहिलेसम्म पनि उनको अवस्था पत्ता लागेको छैन।

दसैंको पूर्वसन्ध्यामा भएको यस दुखद घटनाले पुन परिवारमा गहिरो शोक मात्र नभई सैयापुर गाउँनै शोकमग्न बनेको छ। स्थानीयले बालक चाँडै फेला पर्न सकोस् भन्ने आशा व्यक्त गरेका छन्।

 

राप्ती नदीमा माछा मार्ने क्रममा ११ वर्षीय बालक बेपत्ता

घुयँत्राे:“राजधानीको पैरो, गाउँको पानि — दशैं मनाउने

राप्ती नदीमा माछा मार्ने क्रममा ११ वर्षीय बालक बेपत्ता

दसैंमा तस्करी नियन्त्रणमा बाँके प्रहरी सक्रिय, खसी–बोका

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds