घुयँत्राे:“गृहमन्त्रीको सुरक्षा रणनीति: नजर बन्द, अँगालो खुला”

सबैलाई सम्बन्धित कार्यालय, निकायले कार्वाही गर्लान र देश शान्तितिर अग्रसर हाेला भनेर सरकारतिर आँखालाएर बस्या त गृहमन्त्री त कसैलाई पनि कार्वाहि नगर्नु ,गरे आयाेगलेनै गर्छ भनेर पुलिस र प्रशासनलाई लिखितै आदेश गर्दैछन त हँ केहाे यस्ताे ! देशकै कानुनलेनै ताेडफाेड आगजनि र लुटपाट गर्नेलाई कार्वाहि गर्न सक्ने ब्यवस्था हुँदाहुँदैनि कार्वाही गर्न राेक लगाकाे सुन्दा त कतै गृहमन्त्री देउवा,ओलि र प्रचण्डका मतियार त हैनन जस्ताे लायाे यार ! हैन मन्त्री छान्ने बेलाँ जेन्जीलेनै छान्या अनि उनी त काठमाडौंका मेयर बालेन शाहका कारिन्दा र पृय पात्र हुन भन्थे त ! के बालेनले यीनलाई ताेडफाेड र आगजनि गर्नेलाई केही नगर , पछि आयाेगले जे गर्छ गर्छ भन्या हाेलान त! बालेनले मन्त्री लाई यस्ताे सल्ला देर के फाईदा हाेला र ? याे आन्दोलन गराकै बालेनले हाे भन्छन त अनि फेरि उनले पुलिसलाई कार्वाहि नगर्न आदेश दिन लाए हाेलान त ! गृहमन्त्रीको याे कुरा सुन्दा कि त उनिमा गृहमन्त्री हुने क्षमतै छैन ,कि त यिन्लाई वालेनले यस्तै सल्ला द्याछन वा उनी भष्टाचारी दलीय नेताट सन्चालित छन । यीनै तिन्टा कुराट गृहमन्त्री चलायमान छन भने अब देशले भष्टाचारीलाई कसरी कार्वाहि गर्न सक्ला र जेनजी आन्दोलन काँ पुग्ला? भष्टाचार गर्नेहरु लुकेर विदेशिने अनि ताेडफाेड आगजनि र लुटपाट गर्नेहरु फरार हुने र काेहि कसैलाईपनि कार्वाहि गर्ने अबस्था नआउने हाे भने २३/२४ काे आन्दोलन हाक्नेहरु चुपचाप लाएर बस्लान र ? उनिहरु फेरि आन्दोलनमा उत्रिने अबस्था आउने हाे भने याे यस्तै ताेडफाेड आगजनि र लुटपाटलाई देशले धान्न सक्छ ? त्यसै त देश दुई दिनकाे आन्दोलन ले २ सय बर्ष उठन नसक्ने गरि थला परेर बसेकाेछ अँझ भएन भनेर फेरि अर्काे युध्दमा भासियाे भने कैल्यै पनि उठनै नसक्ने गरि थला पर्नेछ । त्यसैले देशलाई कुनै ब्यक्ति वा पाटिकाे पासाेमा पारेर थपडि बजाएर रमिता हेरेर बस्नुभन्दा आन्दोलनले मागेका कुराहरुलाई उच्च साहसका साथ सम्बाेधन गर्दैजाउँ ।
जुनजुन निकायले जताजता दृष्टि पुर्याउन सकिन्छ र अपराधी तथा भष्टाचारीलाई समयमै थान्काे लाउन सकिन्छ । तर,ती काम गर्नका लागि सरकार , सामान्य जनता र आन्दोलनकारी एकसाथ भएर अघि बढनु पर्छ तब उनिहरुले गर्न खाेजेकाे कामलाई कसैले राेक्न सक्ने छैन । चिन्ताकाे विषय त याे पाे हुन थाल्याे कि कतै मन्त्रीहरुकाे ढङ्ग नपुग्दा देश फेरि सानाे तिनाे बहानामा अशान्त बन्ने त हैन ? सरकार र सरकारका मन्त्रीहरुले बडा बुध्दि पुर्याएर हिँडनु पर्ने देखिन्छ । के उनिहरुले याे कुरालाई गम्भीरतापूर्वक लेलान !





