धम्बोझीमा ट्याक्टरको ठक्करबाट व्यवसायी कर्णबहादुर थापाको निधन

बाँके ,७ असोज ।

बाँकेको नेपालगन्ज–१, धम्बोझीमा मंगलबार दिउँसो भएको सडक दुर्घटनामा भेरी आयलका सञ्चालक समेत रहेका ५५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार दिउँसो करिब ३ बजेर २५ मिनेटमा भे.१२ प. ९४८७ नम्बरको पल्सर मोटरसाइकललाई भे.१ त.७७८४ नम्बरको ट्याक्टरले ठक्कर दिएर कुल्चिँदा थापाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटना धम्बोझीस्थित वाटरपार्क जाने बाटोमा भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

नेपालगन्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले दुर्घटना निकै दुःखद भएको बताउँदै थापाको शवलाई कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा राखिएको जानकारी दिए। उनका अनुसार मृतकका छोरा हाल भारतमा अध्ययनरत रहेकाले बुधबार मात्र नेपाल फर्कने भएकाले सोही दिन पोस्टमार्टम गरी अन्तिम संस्कार गरिनेछ।

वडाध्यक्ष रिजालले केही दिनअघि सोही वडाका दुई विद्यार्थी जेनजीको आन्दोलनका क्रममा सहिद भएको पीडा ताजै रहँदा पुनः वडाका व्यवसायीको निधनले सम्पूर्ण वडावासीलाई स्तब्ध बनाएको बताए।

धम्बोझीमा ट्याक्टरको ठक्करबाट व्यवसायी कर्णबहादुर थापाको निधन

तातोपानी गाउँपालिकाको नमुना अभ्यास : एक वर्षमै

Leave a comment

Your email address will not be published. Required fields are marked *