बाघको संख्या तेब्बर, बर्दियामा संरक्षणको सफलता सँगै द्वन्द्वको चुनौती

बाँके,१४ साउन।

हरेक वर्ष जुलाई २९ मा मनाइने विश्व बाघ दिवसको सन्देशसँगै नेपालमा बाघ संरक्षणले उल्लेखनीय प्रगति गरेको छ। सन् २०२२ को गणना अनुसार देशभर पाटे बाघको संख्या ३५५ पुगेको छ। सन् २००९ मा १२१ वटा मात्र रहेका बाघको संख्या १३ वर्षमा झन्डै तेब्बर वृद्धि हुनु नेपालको संरक्षण प्रयासको ठूलो उपलब्धि मानिन्छ।

विशेषतः बर्दिया राष्ट्रिय निकुञ्जमा मात्र १२५ बाघ छन्, जुन संख्या सन् २००८ मा १८ मात्र थियो। तर, संरक्षणको यो सफलता सँगै मानव–बाघ द्वन्द्व र बासस्थान व्यवस्थापन गम्भीर चुनौतीका रुपमा देखा परेका छन्।

बर्दिया राष्ट्रिय निकुञ्जका तथ्यांकअनुसार, वि.सं. २०५० यता बाघको आक्रमणबाट ३९ जनाको मृत्यु, ४२ जना घाइते र पछिल्ला ६ वर्षमा ३ हजार ८ सय ४५ पशुधनको क्षति भइसकेको छ। स्थानीयवासी श्यामबहादुर थारु, मधु घर्ति र सरस्वती रावलजस्ता समुदायका सदस्यले बाघको बस्ती प्रवेशबाट हुने असुरक्षाको पीडा व्यक्त गरेका छन्।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चमा नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो। त्यो लक्ष्य पार गर्दै नेपालले २०२२ मा ३५५ बाघको गणना गर्न सफल भयो।

चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै १२८ बाघ रहेका छन् भने बर्दियामा १२५, पर्सामा ४१, बाँकेमा २५ र शुक्लाफाँटामा ३६ बाघ पाइएका छन्। संरक्षणसँगै पर्यावरण पर्यटनको सम्भावना बढे पनि स्थानीयमा बढ्दो द्वन्द्वले दीर्घकालीन समाधानको माग गरिरहेको छ।

संरक्षणकर्मीहरू भदै थारु र बलिराम चौधरीको भनाइमा, “जंगल नपस्नेगरी जीविकोपार्जनको विकल्प, स्थानीयको वन्यजन्तुप्रति सोचमा रूपान्तरण र सहकार्यपूर्ण द्वन्द्व न्यूनीकरण कार्यक्रम आवश्यक छन्।”

नेपालमा बाघ संरक्षणको सफलता गौरवको विषय भए पनि दीर्घकालीन रूपमा प्रकृति, बाघ र मानवबीच सन्तुलन कायम गर्न राज्य, संरक्षण संस्थाहरू र समुदायबीच समन्वय अत्यावश्यक देखिन्छ।

 

 

बाघको संख्या तेब्बर, बर्दियामा संरक्षणको सफलता सँगै द्वन्द्वको चुनौती

ब्रिनोज कान अस्पतालबाट तीन प्रदेशका सात हजारभन्दा

बाघको संख्या तेब्बर, बर्दियामा संरक्षणको सफलता सँगै द्वन्द्वको चुनौती

सिद्धार्थ इन्स्योरेन्सद्वारा दुई करोड बीमा भुक्तानी

Leave a comment

Your email address will not be published. Required fields are marked *