नगरपालिकाले बनायो : स्याउ (एप्पल) चाेक

गाेल्डेन बुढा
जुम्ला,१३ साउन
जुम्लीकाे परिचय माग्दा जुम्लाभन्दा स्याउलाई जाेडिन्छ। स्याउले नै जुम्लाको गर्विलाे पहिचान बनेको छ। अझै स्याउकाे महत्त्व झल्काउन जुम्लाको चन्दननाथ नगरपालिकाले स्याउ (एप्पल) चाेक निर्माण गरेको छ।नगरपालिकाले सदरमुकाम खलंगामा स्याउ (एप्पल) चाेक निर्माण गरेकाे हो।नगरपालिका उप- प्रमुख रामदेवि खड्का अनुसार नगरपालिका ६ मा पर्ने दाैतरी हाेेटल अगाडि निर्माण गरिएकाे हो। नगर स्तरीय आयोजनाकाे ५ लाख रुपैयाँमा बनेको हो। उनलेे भनिन्,जुम्लालाई स्याउकाे राजधानी भनेर चिनिन्छ।यसलाई पहिचानको रुपमा यो चाेक बनाइएको हो। यस्तै मुख्य मस्कत भनेको प्रचारप्रसार गर्नु हो।
कर्णालीकाे सबैभन्दा बढी स्याउ फल्ने जिल्ला जुम्ला भनेर अगाडि आउँछ,तर, जुम्लाको अस्तित्व कायम गर्न यो कदम चालिएको हो। यता मेयर राजुसिंह कठायतले भने,प्रयाप्त मात्रा जग्गा भेटिएन्। अलि साघुराे भएको छ।अझै जुम्लाको अर्को पहिचान विश्वकै उच्च स्थानमा (२८५० मिटर) फल्ने काली जुम्ली मार्सी धानको चाेक बनाउन आवश्यकता थियोे।बाह्य पर्यटकहरु जुम्ला भित्र प्रवेश गर्दा जुम्लामा पाइने स्याउ र मार्सीकाेमहत्त्व बारे थाहा पाउन सजिलो हुने बताए।जुम्लामा २०२२ देखि स्याउ खेती सुरु भएको इतिहास छ ।
भारतको कश्मिररबाट स्याउका बिरुवा ल्याएर जुम्लाको माटोमा रोप्दा राम्रो फल दिएपछि स्याउ खेती प्रारम्भ भएको हो। जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिकामा स्याउखेती भइरहेको छ।यता कृषि विकास कार्यालयले ‘एक घर एक बगैंचा’ कार्यक्रम अगाडि सारेकाे छ।२०६४ सालमा जुम्लालाई अर्गानिक जिल्लाका रुपमा घोषणा भएपछि अर्गानिक स्याउ उत्पादन हुन थालेको हो ।गोेल्डेन, रेड, रोयल, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, जातको स्याउ फल्छ।केही समयदेखि इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् ।जुम्लामा १९ हजार घरधुरीमध्ये १६ हजार घरधुरीमा स्याउ गरेको तथ्यांक छ।यस्तै कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल खेती भइरहेको छ।
यस्तै गतवर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ निर्यात गरेको थियोे।कृषि विकास कार्यालय जुम्लाले दिएको तथ्यांकअनुसार ६१ करोड ४१ लाख ५ हजार रुपैयाँकाे स्याउ बेचेको थियोे । स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो । जुम्लाको स्याउको माग नेपालका ठूला सहर काठमाडौं, पोखरा, विराटनगरमा हुने गरेको छ।






