खजुरा कुखुरा विकास फार्मबाट वार्षिक दुई लाखभन्दा बढी चल्ला उत्पादन, करोडौंको राजस्व

६, साउन २०८२
बाँके ।बाँकेको जानकी गाउँपालिका–४ खजुरामा अवस्थित कुखुरा विकास फार्मले विभिन्न लोकल प्रजातिका कुखुराको अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दै उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ। फार्मले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी १ लाख ७८ हजार ६५९ वटा लोकल जातका कुखुराका चल्ला उत्पादन गरेको छ।
फार्म प्रबन्धक डा. सुमन खनालका अनुसार चालू आवमा १ लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि उत्पादन लक्ष्यभन्दा धेरै भएको हो। फार्मले ग्रामीण कुखुराका चल्ला उत्पादन, आनुवांशिक स्रोत संरक्षण, नवीनतम प्रजातिका पन्छी अनुसन्धान, किसानलाई तालिम तथा प्राविधिक सेवा परामर्श प्रदान गर्दै आएको छ।
फार्ममा जैविक सुरक्षासहित पाँच हजार माउ अट्ने दुईवटा अत्याधुनिक खोर, दाना मिल, ह्याचरी, रोग परीक्षण प्रयोगशाला, अध्ययन–परीक्षण क्षेत्र र पानी शुद्धीकरण प्लान्ट सञ्चालनमा छन्। यहाँ ग्रामीण ब्लाक अष्ट्रालोप, न्यु हेम्पसायर, लोकल खजुरा साकिनी, घाँटी खुइले, शुद्ध कालो, प्वाँख उल्टे, साकिनी र कालिज प्रजातिका कुखुराको चल्ला उत्पादन तथा संरक्षण हुँदै आएको छ।
एक दिने चल्ला प्रतिचल्ला ४५ रुपैयाँमा फार्मबाट सिधै वितरण गरिन्छ भने हुर्किएका चल्ला ब्रुडर किसानमार्फत लुम्बिनी प्रदेश सरकारको तोकिएको दररेटमा वितरण गरिँदै आएको छ। हरेक सोमबार एक दिने चल्ला किसानलाई वितरण गरिँदै आएको प्रबन्धक डा. खनालले बताउनुभयो।
गत आर्थिक वर्षमा फार्मबाट ३ लाख ४ हजार १०२ वटा अण्डा उत्पादन भएको थियो। तीमध्ये २ लाख ३८ हजार ५७३ वटा अण्डा ओथारोका लागि प्रयोग गरिए भने बाँकी राम्रो र चर्केको अण्डा बिक्री गरिएको थियो।
चल्ला, अण्डा, कुखुरा र मलको बिक्रीबाट मात्र फार्मले १ करोड ४२ लाख १०३ रुपैयाँ राजस्व आर्जन गरेको छ। अघिल्लो वर्ष २०८०/८१ मा १ लाख ८१ हजार ९६६ चल्ला उत्पादन भई १ करोड ७ लाख २ हजार १०९ रुपैयाँ राजस्व संकलन भएको थियो।
यसरी कुखुरा विकास फार्मले आधुनिक प्रविधिसहित ग्रामीण कुखुरा व्यवसायमा आत्मनिर्भरता, रोजगारी सृजना र कृषकलाई प्राविधिक सहयोग पुर्‍याउँदै स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ।
खजुरा कुखुरा विकास फार्मबाट वार्षिक दुई लाखभन्दा बढी चल्ला उत्पादन, करोडौंको राजस्व

कर्णालीको स्थानीय सेवा ऐन प्रमाणीकरण

खजुरा कुखुरा विकास फार्मबाट वार्षिक दुई लाखभन्दा बढी चल्ला उत्पादन, करोडौंको राजस्व

अनर्वा तालको सम्भावना: संरक्षण र लगानी भए

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds