बृहत विद्यालय सुरक्षा मापदण्ड सम्वन्धी तालिम सम्पन्न
हस्त चौलागाँई
कालीकोट,५ साउन ।
कालीकोट जिल्लामा बृहत विद्यालय सुरक्षा मापण्दण्ड सम्वन्धी तालिम सम्पन्न भएको छ । खाँडाचक्र नगरपालिका भित्र रहेका १५ वटा विद्यालयका बृहत विद्यालय सम्पर्क शिक्षकहरुलाई तालिम दिइएको हो ।
प्रकोप तथा विपद अवस्थाका कारण र प्रभाव बारे जानकारी दिने,जोखिम पहिचानका विधि र औजार बारे जानकारी दिने तथा शिक्षा क्षेत्रमा जलवायु परिवर्नतको असरहरु बारे सम्पर्क शिक्षकलाई प्रशिक्षण गराउने उद्येश्यले तालिमको आयोजना गरिएको समाज जागरण केन्द्र स्याक नेपालका शिक्षा अधिकृत परेकलाल बुढाले जानकारी दिए ।

उनका अनुसार हरित विद्यालय र जलवायु परिवर्तन अनुकुलन र न्युनिकरणका कार्यहरु,बृहत विद्यालय सुरक्षा सम्वन्धी नितिगत र कानुनी प्रावधान बारे जानकारी दिने र विद्यालय सुरक्षा योजना र बार्षिक कार्य तालिकामा र अन्य योजनामा एकिकरण गर्नु तालिमको उद्येश्य रहेको बुढाले बताएका छन् ।
युनिसेफ नेपालको आर्थिक सहयोग तथा खाँडाचक्र नगरपालिकाको समन्वयमा समाज जागरण केन्द्र,स्याक नेपालद्धारा संचालित विद्यालय शिक्षा क्षेत्र योजना निर्माणमा बजेट व्यवस्थापनका लागि स्थानीय तहको क्षमता विकासमा सवलीकरण कार्यक्रम अन्तरगत खाँडाचक्र नगरपालिकामा कार्यक्रम लागु भएका १५ वटा विद्यालयका बृहत विद्यालय सम्पर्क शिक्षकहरुलाई २०८२ असार ३२ गतेदेखी तालिमको आयोजना गरिएको हो ।
खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जसी प्रसाद चौलागाँईको अध्यक्षतामा कार्यक्रम भएको हो । ५ दिने तालिममा गंगाराम दाहालले कार्यक्रमको प्रशिक्षण गरेका हुन ।
तालिममा बृहत विद्यालय सुरक्षा सम्वन्धी कार्ययोजना तयार,आफ्नो विद्यालयमा भुकम्पीय कृतिम घटना सम्वन्धी नुमना अभ्यासका साथै विद्यालयमा आइपर्ने विभिन्न जोखिम न्युनिकरण सम्वन्धी ज्ञान हासिल गरेको पंचदेव माध्यमिक विद्यालय मान्मका शिक्षक हरि प्रसाद पाण्डेले बताए ।
कार्यक्रममा सहभागि सम्पुर्ण शिक्षकहरुले अव विद्यालयमा आइपर्ने विभिन्न चुनौतीको सहजै सामना गर्ने,विद्यालय स्तरमा हुने हरेक किसीमका राजनैतिक खेल अन्त्य गर्ने तथा विपद व्यवस्थापनमा लागिपर्ने सहभागि शिक्षकहरुले प्रतिवद्धता जनाएका छन् ।





