घुँयत्राे : कुलिङ पिरियडै लागू नहुनेगरि शब्द घुसाएर …

याे देशका कर्मचारी एमाले पाटि र त्यसका नेता भनेछि कति हुरुक्क हुँदा रैछन भन्ने कुरा याे पटक निसेनि पास गर्ने बेलाँ देख्खियाे त हँ ! निसेनिमा राख्ने भन्या कुलिङ पिरियडका लागि पनि विधेयक पास गरेर पठाउनु अघि सरकारका सचिबहरले निकै ताण्डब देखाए अनि त्यसपछि सदनमा विधेयक पठाउने बेलाँनि सुटुक्क लाएर कुलिङ पिरियडै लागू नहुनेगरि शब्द घुसाएर पठाई देछि विचरा केही सांसदहरुले दिउसै तारा देखे ।

सरकासित लडदा लडदा विचराहरले वल्लबल्ल सरबदलीय संसदहरुकाे समिति बनाएर त्यल्ले द्या सुझाब रद्दीकाे टाेकरियाँ फालम र आफ्ना सचिव जतिलाई भट्टाभट नियुक्त दिम्ला भनेर बाकाे त्यत्राे ठुलाे प्लान पनि फेरि २/४ वटा सांसदहरकाे कारणले चाैपट हाेला जस्तो पाे देखियाे त ! पैला समिति बनाउनै कतिपापड बेल्नु पर्याे बल्लबल्ल समिति बनाथे त्यैमा पनि फेरि छलछाम गरिहालेछन ।

सर्वदलिय समितिकाे सभापति बनाउनु पर्ने ठाउँमा फेरि पनि संसद सचिवालयकाे सचिवले संयाेजककाे नेतृत्वमा सबैजसाे दलबाट १/१ जनम सांसद राखेर समिति बनाएर त्यल्ले बनाकाे रिपोर्ट रद्दिकाे टाेकरिमा फाल्ने हर्कत समितिकाे रिपोर्ट आउनु अघिनै गरेछि कुलिङपाला सांसदहरु हट भै राछन । संसदकाे सभामुख र सचिबले कुलिङमा मच्चाकाे हतकण्डा सुनेर नि सुन्नेजति मान्छेलाईनिलाजै लागि सक्याे । तर तिनरलाई भने लाज सरम घिन केई लाग्या छैन ।

बा त का थे बाका कार्यकर्तानि केई कुरा गर्नै पर्छ भन्ने आदेश पाएछि मर्ते दमतक नछाेडने के ! खासमा बाका झाेलेहरु भन्या गजब मध्येका यिनी तिन्टाचाइँ ( मुख्यसचिव,संसद सचिव र सभामुख) बाले कइल्यै हर्न नहुने खालका जिनिस रैछन । पूरै संसद एकातिर छ तर यी तिन्टा अर्कोतिर भएर सारा सांसदकै पसिना छुटाइ दे । कार्यकर्ता भन्या यस्ताे हुनु पर्छ ।

हुनत संरक्षण गर्ने सिंगै प्रधानमन्त्री भएछि वितण्डा मच्चाउन के गाह्राे भाे र! अनेकथरि दलबाट आका सांसदलाई त बाले यसरी घुमाईद्याछन भने आफ्नै पाटिका नेता कार्यकर्तालाई के बाँकि राख्या हाेलान तनि । हुनत बिवेक सून्यभाका झाेलेहरुलाई हाँक्न के गाह्राे भाे र !

विवेकजति बाकाँ धराैटि राखेर नेता बन्न ग का हरुले बाकाे निर्णयमा बाेल्ने कुरा भएन बाले जे खा भन्छन त्यै खाने जेगर भन्छन् त्यै गर्ने भएछि अरु चाहना पनि के हुने भाे र ! चाहनै नभा मरेतुल्य लाशले कहिँकतै सल्बलाउने चाहनै नराखेछि बाकाे एकछत्र निरंकुश राज त्यसैपनि बलियाे हुँदै जाने भाे ।

पाटियाँ रहेरनि झाेले हुन नचाहने भीम रावल , बामदेब र माधब नेपाल जस्तालाई धुरुधुरु राेएर पाटि छाेडने बनाका बाका अघि सवाल जवाफ गर्ने तागत कस्काे के ! हुन पनि बाले देशका लागि कम्ता त गर्या छैनन के !

भ्रष्टाचाराँ देशलाई अब्बल बनाइ सक्याछन अब याे भष्टाचारकाे बेगलाई राेक्ने तागत कसैसित छैन अमेरिकाकाे राष्ट्रपतिले सार्वजनिक रुपमै नेपाल भष्टाचारीहरुकाे मुलुकहाे भन्ने घाेषणा गरेरै आर्थिक सहयाेग दिन आँफुले समेत राेके भने अन्तर्राष्ट्रिय निकायहरुलाईपनि नेपाललाई आर्थिक सहयाेग नगर्न उर्दि जारी गरि सके ।

अब आफ्नाे पाटिमा आफू विधानत अयाेग्य भै सक्या हुनाले अब त्याे विधानै अयाेग्य बनाउन र पाटि अध्यक्ष र प्रधानमन्त्री बन्न कार्यकर्तालाई झाेले भन्ने यस्ताे जादुगरि ट्याक बनाइद्याछन कि हरेक कार्यकर्ता झाेले भन्ने ट्याग लगाएर मैदानमा उत्रि रहेकाछन मानम याे अभियान संसारकै उच्च तानाशाह उत्तर काेरियालि राष्ट्रपतिकाे भन्दानि कडा हाे ।

पर्खेर बसेछि कस्ताकस्ता तानाशाह,निरंकुश र अधिनायकवादि देखिने रैछ । हामी नागरिकका लागि त याे पनि अबसरै हाे । वर्तमानका ओलि र देउबा जस्ता बकलण्ठक नेता देख्नु पनि । ओलि भष्टाचार गराउँछ देउबा त्यै हेर बस्छ अनि कार्यकर्ता नेताले गजब गर्याछ भनेर भुक्दै हिँडछन । यसरी पनि राज्य चल्दाेरैछत !

घुँयत्राे : कुलिङ पिरियडै लागू नहुनेगरि शब्द घुसाएर …

पैसाको प्रलोभनमा अबैध अफिम खेतीदेखि ओसार्ने भरिया

घुँयत्राे : कुलिङ पिरियडै लागू नहुनेगरि शब्द घुसाएर …

नेपालगन्जको जुँगे महादेव मन्दिर निर्माणमा ढिलाइ :

Leave a comment

Your email address will not be published. Required fields are marked *