आईसीटीबाट शिक्षण गर्दै ,दुर्गमका विद्यार्थी

गाेल्डेन बुढा
जुम्ला ,२२ जेष्ठ 
कुनै समय थियोे।संस्कृत जानेका मानिस गाउँभरका विद्धानका रूपमा कहलिन्थे। संस्कृतका श्लोक अध्ययन र वाचन गर्ने मानिसको छुट्टै ख्याति थियो। विस्तारै संस्कृतलाई पश्चिमा सभ्यताबाट आएको अंग्रेजी भाषाले छायामा पार्‍यो।अंग्रेजी नजाने जीवनभर पछि परिन्छ,भन्ने सोचको विकास हुन थाल्यो।

विद्यालयदेखि उच्च शिक्षा तहसम्म अंग्रेजी भाषाबाट अध्ययन अध्यापन हुने क्रम चल्यो। अभिभावकहरू आफ्ना छोराछोरीलाई सकी-नसकी राम्रो खाइनखाई अंग्रेजी माध्यमबाट पढाउने निजी विद्यालयमा भर्ना गरिदिन्थे।तर समयको परिवर्तनसँगै अहिले त्यो अवस्थामा पनि अलि फरक देखिन थालेको छ। अब अंग्रेजी जानेर मात्रै कुनै काममा योग्य हुने अवस्था रहेन।अहिले डिजिटल शिक्षाको अवधारणा जताततै फैलिरहेको छ। सूचना प्रविधिमा अभ्यस्त भएका मानिसमात्र यो युगमा साक्षर र सबल बन्नसक्ने अवस्था सिर्जना भएको पाइन्छ।प्रविधिका उपकरण चलाउन नजाने अरू कुरामा जति नै पोख्त भएपनि सफलता पाउन नसक्ने मान्यता स्थापित हुदै आइरहेको देखिन्छ। डिजिटल दुनियाँमा आफूलाई पनि सोही अनुरूप बदल्न जरुरत छ, नत्र शैक्षिक योग्यता भएर पनि हामी ‘अनपढ’ मान्छे जस्तै बन्न पुग्छौं।

यो तितो सत्य कुरा हो, यसर्थ परम्परागत शैक्षिक सामग्री र शिक्षण विधिलाई विस्थापन गर्न जगत नै डिजिटल शिक्षा प्रणालीको अभ्यास तिर प्रवेश गरिरहेको छ।यो आधुनिक शैलीको प्रणालीबाट पठनपाठन गराउन अपरिहार्य छ। यस्तै जुम्लाकाे दुर्गम गाउँकाे एक सामुदायिक विद्यालयले शिक्षण-सिकाइमा डिजिटल प्रविधिको प्रयोग गर्न थालेकाे छ। पातारासी गाउँपालिका -४ मा अवस्थित ऋणमाेक्ष माध्यमिक विद्यालय डिल्लीचौरले आईसीटीबाट शिक्षण गराउन थालेको हो। विद्यालयकाे गुणस्तरमा परिवर्तन ल्याउने उदेश्य छ। पहिलोपटक शिक्षामा प्रविधि (आईसीटी) को प्रयोगलाई प्रश्रय दिइरहेको छ।

उक्त गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय छन्। जसमध्ये निमावि ६ वटा ६ वटा मावि र ४ वटा प्रावि छन्। अहिले साढे ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।आधारभूत तहदेखि माध्यमिक तह (कक्षा १२) सम्म पढाइ हुन्छ।पातारासी क्षेत्रकै एक पुरानो विद्यालय हो, डिल्लीचाैर मावि। विसं. २०१७ सालमा ‘स्थापना भएको थियो।यो विद्यालय मानवशास्त्र डाेरबहादु बिष्ट संग साइनो गासिएको छ।यहाँका अशिक्षितहरूलाई जन्माउन शिक्षामा याेग्दान रहेको बुढापाका बताउँछन्।बिष्टले जापानको विद्यालय चिबा मिताेकु जुनेर एण्ड सिनियर हाई स्कुल र ऋणमाेक्ष मावि बिच भगिनी सम्बन्ध गासेका थिए। २०५१ साल तिरकाे कुरा हो! यो चिबा मिताेकु जुनेर एण्ड सिनियर हाई स्कुल दिदी र ऋणमाेक्ष बहिनीकाे सम्बन्ध अहिलेसम्म कायमै छ। जापानको विद्यालयका शिक्षकहरू बेलाबखत अवलोकन गर्न पुग्छन्।१ लाख बढी बजेट सहयोग गरिरहेको छ।

पुरानो इतिहास बोकेको यो विद्यालय अहिले भने आधुनिक प्रणालीमार्फत शिक्षा क्षेत्रमा क्रियाशील हुन थालेको छ।“हामी अहिले शिक्षामा प्रविधिको अधिकतम प्रयोग गरी शैक्षिक सुधारतर्फ लागिरहेका छौं,” विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर बुढा भन्छन्,” यहीँ जेठ २१ सालदेखि आईसीटीको प्रयोग गर्न थालिएको हो।“ शिक्षण पद्धतिमा थप सुधार हुनेछ,” उनलेे भने, “शिक्षक र विद्यार्थीबीच पर्याप्त अन्तरक्रिया संगै पाठ्यक्रमसँग सम्बन्धित अन्य सन्दर्भ-सामग्रीबारे पनि ज्ञान हासिल गर्न सकिन्छ।”आईसीटीको प्रयोगले समग्र विद्यालयकै शिक्षामा गुणस्तर ल्याउने छ। अब प्रविधिबिना शिक्षण र सिकाइ अपुरो जस्तै बनेकाे छ।विद्यार्थीको सिक्ने शैली फेरिएको छ।”आईसीटीमार्फत विद्यार्थीले कुनै पनि कुरा सजिलै र रोचक हिसाबले सिक्न सक्ने छन् । सबै कक्षा काेठामा सिसीक्यामारा जडान गरिएका छन्।शैक्षिक सुधारका लागि, “अब परम्परागत सिकाइले शिक्षामा गुणस्तर ल्याउन सक्दैन।“विद्यार्थी नयाँ-नयाँ कुरा सिक्न सक्ने भएको हुँदा यो शिक्षण विधि प्रभावकारी छ”, बुढाले भने।शिक्षण सिकाइ क्रियाकलापमा सहज र विद्यार्थीको आचारण र आनीबानीमा पनि परिवर्तन आएको छ।

प्रविधिको प्रयोग गर्दै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनमा उत्साहित देखिएका हुन्। अहिले विद्यार्थी नियमित देखि अनुशासित र सिर्जनशीलता देखिका कक्षा ६ मा अध्ययनरत छात्रा संगिता बुढाले बताइन्।प्रविधिको अधिकतम् प्रयोग गर्दै पठनपाठन सुरु गरेसँगै निजी विद्यालय त्यागेर आउने विद्यार्थी धेरै छन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप झेलिरहेका कतिपय सामुदायिक विद्यालयका लागि यो विद्यालय प्रेरणादायी विद्यालयका रूपमा परिचित छ। अर्गानिक खाजा खुवाइन्छ। भटमास,सिमीकाे गेडागुडी, मकै र जुम्ली मार्सी चामलको जाउलाे खुवाउने गरेको छ।यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर बुढाका अनुसार विद्यालयमा मोबाइल प्रतिबन्ध गरिएको छ।विद्यार्थीहरूले ध्यानपूर्वक नपढ्ने र मोबाइलमै रुमल्लिने भएकोले मोबाइल प्रतिबन्ध गरेको हो । लैजाने विद्यार्थीलाई तीन हजार रुपैयाँ जरिवाना गर्ने गरिन्छ। जरिवाना स्वरुपको रकम एक साताभित्र सम्वन्धित विद्यार्थीको अभिभावक आएर विद्यालयमा जम्मा गर्नुपर्नेछ। यदि अभिभावक नै नआए सो मोबाइल लिलाममा विद्यालयले नै बेच्ने गरेको छ ।’मोबाइल बेचेर आएको रकमले विद्यार्थीको शैक्षिक सुधारमा लगाइने गरिएको छ।अहिले तीन जना विद्यार्थी जरिवाना परेका छन्। विद्यालयमा मोबाइल प्रतिबन्ध गराउने निर्णय राम्रो स्वागतयोग्य भएको अभिभावक फुलमाया बुढाले बताइन्।

शिक्षकले मोबाइल विद्यालयमा समयभित्र अनिवार्य साइलेन्टमा राख्नुपर्ने निर्णय छ ।’मोबाइल ल्याउने विद्यार्थीको वार्षिक परिक्षा समेत रद्ध हुने निर्णय पनि भएको अध्यक्ष चन्द्रबहादुरले बताए।यस्तै ईसिडी देखि कक्षा ५ सम्म अग्रेजी माध्यमबाट अध्ययन अध्यापन भइरहेको छ। ती सबै काेठामा कम्युटरबाट पठाउने गरिएको छ।भने माथिल्लो विद्यार्थीलाई प्राेजेक्टरका माध्यमबाट शिक्षण गर्ने गरिन्छ।

आईसीटीबाट शिक्षण गर्दै ,दुर्गमका विद्यार्थी

फरक जिल्लामा फरक व्यक्तिले खोलिएका सहकारीहरू खारेज

Leave a comment

Your email address will not be published. Required fields are marked *