कोहलपुर नगरपालिकाको प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा प्रतिवद्धता

कोहलपुर, १५ जेठ ।
कोहलपुर नगर क्षेत्रमा व्याप्त प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि सात बुँदे प्रतिबद्धता जारी गरिएको छ । रेष्टलेस डेभलप्मेण्ट, क्रियसन, युथ ईनोभेसन ल्याव, कोहलपुर नगरपालिका र बास नेपालका संयुक्त आयोजनामा कोहलपुरमा सम्पन्न प्लास्टिकजन्य फोहोरमैलाको असर बिषयक अभिमुखीकरण कार्यक्रममा सो प्रतिबद्धता जारी गरिएको हो ।

सरोकारवालाहरुको उपस्थितीमा सम्पन्न सो कार्यक्रमको अन्तमा जारी प्रतिबद्धताहरुमा कोहलपुर नगरपालिकाले बनाउन लागेको फोहरमैला व्यवस्थापन कार्यबिधिमा समेटिनु पर्ने सबै बिषयबस्तुका बारे सरोकारवालाहरुबाट सुझाव संकलन गरिएको थियो ।

चालु आर्थिक बर्ष भित्र कार्यबिधि जारी गर्ने, सम्पूर्ण वडाहरुमा प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापन विरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, आगामी आ.ब. मा प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापन बिरुद्धको कार्यक्रमका लागि यथेष्ट बजेट बिनियोजन गर्न नगरपालिकासँग माग गर्ने प्रतिवद्धता जनाइएको छ ।

त्यसैगरी प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापन गर्नका लागि आ–आफ्नो तर्फबाट पहल गर्ने रहेका छन् । त्यसैगरी प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि नियमित रुपमा अभियान सञ्चालन गर्नुका साथै प्लाष्टिकजन्य झोलाको विकल्पको रुपमा बैकल्पिक व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने र प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि विषयविज्ञको उपस्थितीमा नगर स्तरिय विशेष प्रकारको तालिम, छलफल सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिबद्धता जारी गर्नेहरुमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा नम्वर १ का वडाध्यक्ष बद्रि प्रसाद जैशी, वडा नम्वर २ का वडाध्यक्ष हरि कठायत, वडा नम्वर ८ का वडाध्यक्ष लाल बहादुर राना, वडा नम्वर ९ का वडाध्यक्ष उपेन्द्रनाथ योगी, वडा नम्वर ११ की वडाध्यक्ष कल्पना शर्मा, वडा नम्वर १२ का वडाध्यक्ष बिरेन्द्र कुमार शाह, वडा नम्वर १३ की वडाध्यक्ष डम्बर बहादुर खड्का, नगरपालिकाका बाताबरण शाखा प्रमुख बिर बहादुर थापा लगायत नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारहरू रहेका छन् ।

बास नेपालका अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले आ–आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै धारणा राखेका थिए । कार्यक्रममा बोल्दै नागरिक समाजका शंकर न्यौपानेले प्लास्टिकजन्य फोहोरले जनस्वास्थ्यमा पार्ने असरबारे जनचेतना अभिवृद्धिको आवश्यकता आंैल्याए । कोहलपुर युवा सञ्जालकी उर्मिला खड्काले प्लास्टिकजन्य फोहोर नियन्त्रणका लागि स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताईन् ।

बाताबरण शाखा तथा नगर प्रहरी प्रमुख विर बहादुर थापाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनलाई केवल नगरपालिकाको जिम्मेवारी ठान्नु चुनौतीपूर्ण भएको उल्लेख गर्दै, दैनिक १२–१३ टन फोहोरमध्ये ७० प्रतिशत प्लास्टिकजन्य रहेको जानकारी दिए । घरघरमै कुहिने र नकुहिने फोहोर छुट्याउन सके व्यवस्थापनमा सहजता हुने भन्दै नगर प्रहरी सीसीटिभीमार्फत निगरानीमा सक्रिय रहेको बताए ।

वडा नं. ११ की अध्यक्ष कल्पना अधिकारीले कृषि हाट बजारबाट प्लास्टिक न्यूनीकरण अभियान सुरु गर्नुपर्ने आवश्यकता औंल्याउँदै, हाटबजार समितिसँग समन्वय गरी कपडाको झोला प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखिन् ।

प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले कोहलपुरलाई ‘स्मार्ट सिटी’ बनाउने सम्भावना औंल्याउँदै, घरघरबाटै फोहोरको वर्गीकरणले रिसाइकल प्रक्रिया सहज हुने बताए । कार्यक्रममा बोल्दै सामाजिक बिकास समिति संयोजक ईश्वरी बिकले फोहरमैला व्यवस्थापनलाई सामाजिक मुद्धाको रुपमा लिनुपर्ने बताए ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्लास्टिकजन्य फोहोरको असरबारे प्रस्तुति दिँदै कार्यक्रममा सहभागीहरूलाई समस्या र समाधानका उपायहरूबारे जानकारी गराएका थिए ।

कार्यक्रममा बास नेपालकी निबर्तमान केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले स्वागत गरेकि थिईन् भने कार्यक्रम संयोजक माधव काकीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम प्रबन्धक मन भण्डारीले छलफल सहिजरकण गरेका थिए । कार्यक्रममा ४५ बढिको सहभागिता रहेको थियो ।

कोहलपुर नगरपालिकाको प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा प्रतिवद्धता

१९ गतेदेखि पुरुष यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता

कोहलपुर नगरपालिकाको प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा प्रतिवद्धता

गणतन्त्र दिवसकै दिन पूर्व राज्यमन्त्री खड्काको निधन

Leave a comment

Your email address will not be published. Required fields are marked *