माओवादीको अबरोधका कारण कर्णाली प्रदेशसभाको बैठक स्थगित


सुर्खेत । नेकपा माओवादी केन्द्रले अबरोधका कारणले कर्णाली प्रदेशसभा स्थगित भएको छ । आइतबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाचौं अधिवेशनको पाचौं बैठकमा माओवादी केन्द्रले अबरुद्ध गरेको हो ।

वार्षिक दश हजारलाई रोजगारी दिने कार्यक्रम सरकारले अलपत्र पारेको भन्दै माओवादीले संसद अवरुद्ध गरेको छ ।

बैठक कार्यसूचिमा प्रवेश नगर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका जनतालाई राजगारी दिने गरी अघि सारिएको कार्यक्रम कार्यान्यवनमा सरकार जिम्मेवार नभएको भन्दै विरोध जनाएपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले माओवादीको अवरोधपछि सर्वदलिय बैठक बसिरहेको छ ।

माओवादीको अबरोधका कारण कर्णाली प्रदेशसभाको बैठक स्थगित

मदन राई बालयौन दुरूपयोगमा दोषी ठहर