सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्ने अवस्था हुनुहुँदैन : मुख्यमन्त्री कँडेल


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताले सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीसँगको अन्तरक्रियामा उनले सही सूचना दिएर जनता सुसूचित हुन पाउने संवैधानिक हकको सम्मान गर्न आग्रह गरे ।

“कसले, कहाँ र के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने माध्यम सूचना नै हो । सही सूचनाले कमजोरी गर्नेलाई समयमा सच्चिने अवसर पनि आउँछ”, उनले भने,“सरकारले गरेका काम जति जनतामाझ पुर्याउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्य पनि हुन्छ ।”

कर्णाली प्रदेश सरकारले सूचना लुकाउनुपर्ने गरी कुनै पनि काम नगरेको दाबी गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकार सुशासन, पारदर्शिता कायम गर्न र भ्रष्टाचार अन्त्य गरी विकृति एवं विसङ्गति अन्त्य गर्ने काममा लागेको जिकिर गरे ।

सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्ने अवस्था हुनुहुँदैन : मुख्यमन्त्री कँडेल

कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्ने अवस्था हुनुहुँदैन : मुख्यमन्त्री कँडेल

YUGAAWHAN NATIONAL DAILY (2081-09-27)

This will close in 0 seconds