सल्यान बसपार्कमा तरबार प्रहार, दुई कर्मचारी घाइते

सल्यानको शारदा नगरपालिका १ स्थित श्रीनगर बजारको बसपार्कमा शारदा यातायात प्रा.लि. र सल्यान रुकुम यातायात प्रा.लि.बीच गाडी रोक्ने विषयमा विवाद भएको छ ।

विवादको क्रममा शारदा यातायातका इन्चार्ज, २५ वर्षीय शिव प्रसाद कुँवरले लुकाइछिपाइ ल्याएको तरबारले प्रहार गर्दा सल्यान रुकुम यातायातका ४४ वर्षीय प्रशासकीय इन्चार्ज शालिकराम डाँगीलाई चोट लागेको छ ।

डाँगीको दाहिने हातको पाखुरा र बाँया हातको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए । यस्तै कुँवरको टाउको र निधारमा चोट लागेको र शारदा मेट्रो अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उनले बताए ।

सल्यान बसपार्कमा तरबार प्रहार, दुई कर्मचारी घाइते

गुणस्तरीय शिक्षा दिन विद्यालयमा स्याउ खेती

सल्यान बसपार्कमा तरबार प्रहार, दुई कर्मचारी घाइते

दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाको एक

This will close in 0 seconds