वडा सदस्यका छोराले जेठान कुटेपछि‍…

सुर्खेत, ३ असार ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडापालिका सदस्य विष्णे वादीका छोराहरुले आफ्नै नजिकका जेठान नाता पर्नेलाई कुटपिट गरेका छन् । जेष्ठ ३१ गते राती घरासयी झगडामा वडा सदस्य विष्णे वादीका छोराहरु देवु बादी, राजु वादी, डिल बहादुर वादीसहित स–परिवारले आफ्न्त ४५ बर्षिय कर्ण बहादुर बादीमाथी कुटपिट गरेका हुन ।

कुटपिटबाट उनको टाउँकोमा गम्भिर चोटपटक लागेको छ । धारिलो हतियार प्रयोग गरी कुटपिटबाट टाउकोमा गम्भिर चोट लागेका कर्ण बहादुर बादीलाई माया नर्सिङ होम, प्रदेश अस्पतालबाट समेत उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज नेपालगंज लगिएको छ ।

पीडित परिवारले कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिन खोज्न प्रहरीले अस्वीकार गरेको छ । पिडित पक्षले घटनामा वडा सदस्य विष्णे वादीसहित उनका छोराहरु र नातिहरुलाई कारवाहीको माग गर्दै मुद्धा दर्ता गर्न खोजेका थिए । जनप्रतिनिधिको नाममा मुद्धा दर्ता नहुने भन्दै प्रहरीले अस्वीकार गरेपछि पीडित पक्ष अन्यौल भएका छन् ।

‘प्रहरीले मुद्धा दर्ता गर्दैन । बुवाको अवस्था यस्तो छ । औषधी उपचार गर्ने पैसा छैन । वडा सदस्य हुँ भन्दै उहाँहरु खुलेआम हिडनुभएको छ । उपचारमा पनि कुनै सहयोग पाइएको छैन’ घाइतेका छोरा मिलन बादीले बताए । घटना हुँदा तत्काल घटना स्थलमा पुगेको सुव्वाकुना प्रहरी पोष्ट सुव्वाकुनाको टोलीले घटनाका दोषिहरुलाई पक्राउ गर्नुको साटो भगाउने काम गरेको पीडित परिवारको आरोपछ । घाइतेको अवस्था देखि घटनामा संलग्नहरुको सोधि, खोजी, पक्राउ गर्नुपर्नेमा उनीहरुलाई जनप्रतिनीधि भन्दै कारवाही गर्ने तर्फ कुनै चासो नदेखाएको पीडित परिवारको भनाई छ । अार्थिक अवस्था कमजाेर भएकाे पिडित परिवारले घाइतेकाे थप उपचारका लागि सहयाेगकाे अाव्हान गरेकाे छ ।

तपाईको प्रतिक्रिया