कर्णाली प्रदेश प्रमुख परियारलाई हटाइयो, उनको ठाउँमा यज्ञराज जोशी


कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाइ सरकारले हटाएको छ । उनको ठाउँमा यज्ञराज जोशीलाइ सरकारले नियुक्त गरेको हो । नेकपा माओवादी केन्द्रको कोटाबाट नियुक्त भएका परियारले आफ्नो सचिवालयमा परिवारकै सदस्य राखेपछि चौतर्फी आलोचना भएको थियो ।
०७८ कार्तिकमा कर्णालीको प्रदेश प्रमुख नियुक्त भएका परियारले आफ्नो सचिवालयमा तीन छोरा, एक बुहारी, तीन नाति, एक भतिज र एक भान्जालाई नियुक्ति दिएका थिए ।
पार्टीमा योगदान दिएकाहरुलाइ सचिवालयमा नराखेर परिवारवाद हावी गराएको भन्दै परियार आलोचित बनेका हुन् । नयाँ समिकरणअनुसार सरकार फेरिएसँगै अन्तत परियारले हटाएको हो ।
मन्त्रिपरिषद् बैठकले वाग्मतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकारले तयारी गरेको हो ।
सरकारको निर्णयसँगै बागमतीको प्रदेश प्रमुख रहेका यादवचन्द्र शर्मा अब आफ्नो जिम्मेवारीबाट हट्ने भएका छन् । उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकट हुन् । लुम्बिनी प्रदेशमा अमिक शेरचन प्रदेश प्रमुख थिए । उनी पनि अब हट्ने भएका छन् ।






