सोती घटनाका स्वर्गीय नवराजलाई पत्र

हार्दिक श्रद्धाञ्जली सबै सांस्कृतिक योद्धाहरुलाई !
स्वर्गीय नवराज
साँस्कृतिक सलाम !
मिति : २०७७-२-३१ गते
कहाँबाट शुरु गरु तिमी र तिम्रो बलिदानीमा बलिदान दिने उच्च कोटीका तिम्रा महान साथीहरुको बारेमा लेख्न निशब्द छु तरपनि घोत्लिएर, टोलाएर र निर्बोल भई केही शब्दहरु यो अन्यौलग्रस्त मानसिकताबाट वाहिर निकाल्ने प्रयास गर्दैछु यस घटनाको प्रमुख पात्रको हिसाबले तिम्रै पेरिफेरीमा मेरा शब्दहरु केन्द्रित हुने छन् तिमी जीवित रहँदा तिम्रो आमाबुवा र दिदीबहिनीहरुको मुटुको धडकन, जिउने आधार र आँखाको नानी त अवश्य थियौंं साथै समाज, आफन्तजन र साथीहरुको विचमा पनि यति सानो उमेरमा कति लोकप्रिय र महान थियौ भन्ने कुरा तिम्रा साथीहरुको उच्च बलिदानीबाट पनि पुष्टि भएको छ ।

तिमी जीवित रहँदा भूगोलको सानो घेरामा सिमित थियौ अर्थात आफ्नो गाउँ, टोल, आफन्तजन, जाजरकोट खलंगाको केही भिर, पाखा, खोला, भन्ज्याङ र भेरी नदी पारी चौरजहारी नगरपालिकाको केहि वडासम्म परिचित थियौं होला तर आज तिमी भौतिक रूपले जीवित नभएपनि देशको बढेमान सांस्कृतिक योद्दा भएका छौं । देशका राष्ट्रिय र स्थानीय पत्रपत्रिका हुँदै टि.भी., रेडियो, एफ.एम.,अनलाइन खबर र सामाजिक सञ्जालका भित्ताहरु तिम्रै बारेमा रंगिएका छन् । जन्मेपछि मृत्यु त मानव जीवनको अनिवार्य पाटो हो तर तिमी देशका तीन करौंड जनताहरुको मुखमा मात्र सिमित नभई अन्तरर्राष्ट्रिय चियो, चर्चा र चासोका विषय बनेका छौं ।

अपमान र अमानवीयताको बिचमा तिम्रो मृत्यु आज अजंगको पहाडसरी उभिएको छ । तिम्रो समुदाय मात्र आन्दोलित नभई सम्पूर्ण लेखक, संचारकर्मी, कलाकार, बुद्दिजीवी, सामाजिक अभियानता र देशका करोडौं मान्छेहरुले न्यायको पक्षमा आवाज बुलन्द गरी रहेका छन् । काल सर्पझै मृत्युको राजाको उपमा पाएको कोराना(covid 19)ले संसारका हरेक बस्तीहरुमा होश, हवास र चेत गुमाई रहेको बेला तिम्रो पक्षमा अर्थात् मृत्युलाई वास्ता नगरी देशका प्रत्येक बस्ति, शहर, बजार, सदरमुकाम र राजधानीका विभिन्न स्थानहरु आज विरोध गर्ने मञ्च भएका छन् । आफ्नो भोग, प्यासलाई वास्ता नगरी पानीको फोहरा, अवरोध र पुलिसका लाठीहरू खाँदै विरोधका आवाजहरु घन्कीरहेका छन् । तिमी र तिम्रो लागि बलिदान दिने साथीहरुको बारेमा सयौं भिडियो, कथा, नाटक र डकुमेन्ट्रीले सामाजिक सञ्जालका भित्ताहरु भरिएका छन् तसर्थ तिमी केवल तिम्रो आमाबुवा, आफ्न्तजन, तिम्रो समुदाय र जाजरकोटी जनसमुदायहरुको मात्र छोरा नभई सिंगो देशको छोराको रूपमा उभिएका छौं ।

तिम्रो मृत्युले आज आमाबुवा, आफ्न्तजन र त्यहाँको स्थानीयलाई मात्र पोलेको छैन समग्र देशका आमाबुवा, दाजुभाइ, दिदीबहिनी र सच्चा प्रेम गर्ने जोडीहरुलाई रुवाएको, पिरोलेको र विद्रोही बनाएको छ । साँच्चै भन्ने हो भने तिमी प्रेमको पुजारी भएका छौं, रुढिवादी समाजको मानसिकतामा बम र बारुदभै विष्फोट भएका छांै अर्थात् तिम्रो बलिदानीबाट समाज र साँचो प्रेम गर्ने जोडीहरुको मानसिकता साँगुरो होइन विशाल भएर गएको छ । त्यसैले तिमी त प्रेममा कुर्वानी दिने सहिद र सांस्कृतिक रुपान्तरनको हतियार बनेका छौं ।  तिम्रो बारेमा चर्चा गरी रहँदा तिम्रो लागि कुर्वानी दिने साथीहरुको बारेमा चर्चा गरिन भने अन्याय हुन्छ तसर्थ ती महान साथीहरु टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार, सन्दिप वि.क. र गोबिन्द शाहीलाई हृदयदेखिनै उच्च सलाम छ । साथै घाइते हुने साथीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । जसरी माथिल्ला हरफहरुमा तिम्रो बारेमा चर्चा गरिएको छ अर्थात तिम्रा साथीहरुपनि तिमी जस्तै आफ्ना आमाबुवा र दिदीबहिनीहरुको आँखाको नानी, मुटुको धडकन, जिउने आधार र भविष्यको आशाको किरण थिए ।

उनीहरुसंगपनि आफन्तजन, इष्टमित्र, गाउँघर र समाजको सामु केहि योगदान गर्दै तिम्रो जस्तै प्रेमको सानो संसार खडा गर्ने सपनाहरु थिए होला । नेपाल प्रहरीमा प्रवेश गरी देशको सेवा गर्ने जसरी तिम्रो सपना थियो त्यसरीनै उनीहरुकापनि रोजाईका सपनाहरु थिए होला तर ती सपनाहरु तिमीसंगसंगै उनीहरुका पनि भेरी नदीको छालमा सदाको लागि बिलिन भएर गएका छन् । केहि विवाहित साथीका श्रीमतीहरुको सिउँदो पुछिएको छ र ती अबोध बालबालिकाहरु बाबाको काख र काँधको बात्सल्यामयी मायाको स्वाद चाख्न नपाउदै टुहुरा भएका छन् । सकारात्मक कोणबाट एउटा साथीको लागि कतिसम्म गर्न सक्दा रहेछन भनि ती बलिदानहरू ओजपूर्ण इतिहाँस भएका छन् र नकारात्मक कोणबाट विश्लेषण गर्दा यो परिस्थितीको प्रमुख पात्र तिमी र तिम्रो प्रेमिका सुष्मा मल्ल हौ अर्थात तिमीहरुकै खातिर उहाहरुको पनि ज्यान गएको छ । तिम्रो नियत त दुल्हा भएर साथीहरुको निगरानीमा एउटा प्रेमिकाको बेचैनी मनलाई होसमा ल्याउदै नयाँ संसार खडा गर्नु थियो अर्थात् तिम्रो सपना आफ्नो हृदयले मन पराएकी प्रेमीकाको अनुरोधमा डोली सजाई र नौमती पन्चे बाजाहरू लिएर ल्याउन सामाजिक बारबन्देजका पहाडहरुले छेकेपनि लामो समयदेखि रहेको प्रेम सम्बन्धलाई खुशियालीका रंगहरु भर्दै र साथीहरुको साथमा सुरक्षित महसुस गर्दै भित्याउनु थियो ।

अर्को कोणबाट जातीय उचनीचको फरकपनले परिवारबाट खेदिएकी वा अपमानित रूपले बाचेकी प्रेमिकालाई अंगाल्न वा सरकारले कोरना रोगबाट बच्न गरेको लकडाउनलाई वेवास्ता गर्दै सोती गाउँमा जान तिम्रो प्रेमिकाले बाध्य पारेकी थिईन । आफुले मन पराएको प्रेमीकालाई अरुले चुडेर लिन्छ र आमाबुवाले जवर्जस्ती अन्यत्रै विवाह गर्न बाध्य गर्दैछन् भन्ने खबर तिम्रो कानमा पुरयाएपछि संसारको कुन प्रेमी नजाला र तिमीले पनि त्यसै गरेउ यदि तिमी नजान्थ्यौ भनेपनि काएर र नामार्दको संज्ञा अनिवार्य पाउथेउ अन्तत् अनिच्छा हुदाहुँदै पनि तिम्रो आग्रहमा साथीहरुको समुह त्यहाँ गयो तर परिस्थिति उल्टो भैदियो । सोती गाउँमा पुग्नु भन्दा पहिल्यै तिमी र तिम्रो प्रेमिकाले गरेको फोन सम्बाद उनको घरपरिवारले सुनेर हो वा तिम्रो प्रेमिकाले नै षडयन्त्र गरी तिमीलाई बोलाएको हो भन्नेकुरा पुष्टि हुन बाँकी भएपनि तिम्रो लागि ती होनहार साथीहरुले मृत्युलाई स्वीकार गरे ।

सोती घटनाका स्वर्गीय नवराजलाई पत्र

सरकारी र निजि विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग

सोती घटनाका स्वर्गीय नवराजलाई पत्र

विधुत लाईन काटिँदा रेडियोको प्रसारण बन्द

Leave a comment

Your email address will not be published. Required fields are marked *