सरकारी र निजि विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग
प्रचण्ड खत्री
रुकुम पश्चिम्, ३१ जेष्ठ ।
रुकुम पश्चिमका धेरै जसो स्थानीय तहले सरकारी भबनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आएका छ्न । राजधानी काठमाडौंदेखि लिएर छिमेकी रास्ट्र भारत र तेस्रो मुलुकबाट आएका मानिसलाई राख्नको निम्ति अहिलेसम्म सरकारी भवन प्रयोग गर्दै आएको बाफिकोट गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत महेश गुरुङले बताए ।
रुकुम पश्चिमका धेरै जसो स्थानिय तहहरुले सरकारी विद्यालय र निजि विद्यालयलाई क्वारेन्टाइन बनाई राखेका छ्न । मुसिकोट नगरपालिकामा १४ वटा आठबिसकोट नगरपालिकामा १४ वटा, चौरजहारी नगरपालिकामा १४ वटा, बाफिकोट गाउँपालिकामा १२ वटा, त्रिवेणी गाउँपालिकामा १० वटा, सानिभेरी गाउँपालिकामा ११ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । जिल्ला बाहिरबाट छिमेकी रास्ट्र भारत तेस्रो मुलुकबाट आएका ब्यक्ती भने अहिले क्वारेन्टाइनमा बसेको त्रिबेणी गाउँपालिकाको स्थानीय कमला शेर्पालीले बताईन ।
आठबिसकोट नगरपालिका, मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिकाले कोरोना संक्रमितलाई राख्नको निम्ति आईसुलेसन भवन निर्माण गरेका छ्न । सबैभन्दा पहिला आठबिसकोट नगरपालिकाले निर्माण गरेको थियो भने त्यसको सिको गर्दै क्रमश चौरजहारी र मुसिकोटले निर्माण गरेका थिए । धेरै जसो क्वारेन्टाइन बस्ने छिमेकी राष्ट्र भारतबाट आएका छ्न ।
उनीहरु क्वारेन्टाइनमा बस्नुको साथै विद्यालयको घेराबार मर्मत, विद्यालयको खेलमैदान बनाउने काममा ब्यस्थ रहेको बाफिकोट गाउँपालिका वडा नं. २ मा रहेको जनकल्याण मा.बि.को क्वारेन्टाइनमा बस्दै आएका तिलक खत्रीले बताए । उनीहरु ४ दिन अगाडि भारतको केरालाबाट घर आएका थिए । रुकुम पश्चिममा अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन ।
सबै स्थानीय तहको स्वाब संकलन गरी पठाएको र उनीहरुको पहिलो चरणमा नेगेटिभ आएको जिल्ला स्वास्थ कार्यालय रुकुम पश्चिमका डाक्टर ईश्वर रावलले बताए । दोस्रो चरणमा झन्डै ८०० जनाको स्वाब संकलन गरी पठाएको र अहिलेसम्म रिपोर्ट नआएको डाक्टर रावलले बताए ।