कर्णालीमा बर्षा जारी, सावधानी हुने आग्रह

सुर्खेत, २३ जेष्ठ ।
राप्तीदेखि बबई, कर्णाली तथा महाकाली जलाधार क्षेत्रभित्र हल्कादेखि मध्यम बर्ष भैरहेको जनाइएको छ । जल मौसम कार्यालय कोहलपुर हाल सुर्खेतले मध्यम बर्ष भैरहेको र भारी बर्षाभै नदीको बहाव बढ्ने भएकाले सावधानी हुन स्थानीयलाई आग्रह गरेको छ । शुक्रबार विहानैदेखि राप्ती देखी बबई, कर्णाली तथा महाकाली जलाधार क्षेत्रभित्र पर्ने कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ को पश्चिमी क्षेत्रहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको कार्यालयले जानकारी दिएको छ ।

शुक्रबार दिनभरनै बदली र वर्षाको संभावना रहेकाले नदीनालाहरुमा पानीको बहाब उल्लेख्य बढ्ने अनुमान गरिएको छ । पहिरोग्रस्त क्षेत्रहरुमा पहिरो जाने सम्भावना समेत रहेको छ । यस क्षेत्रबाट कोही देशको मध्य वा पुर्वी क्षेत्रतर्फ यात्रा गर्दै हुनुहुन्छ भने थप सावधानी अपनाउन, मध्य र पुर्वी क्षेत्रमाहरुमा मध्यमदेखि भारी वर्षा भइरहेको कार्यालयले जानकारी दिएको छ ।

शनिबारसम्म निरन्तर बर्ष हुन सक्ने देखिएकाले बाढी पुर्वानुमान महाशाखाले तिनाउ, नारायाणी, बागमती, कमला, कोशी, कन्काई लगायत नदीजलाधारका विशेष गरी साना खोलानालाहरुमा आकस्मिक बाढी जान सक्ने भन्दै शनिबारसम्मको लागि सतर्कता हुन सूचना जारी गरेको छ । नेपाल र आसपासको वायुमण्डलमा रहेको बादलको किसिम हेर्दा देशको पश्चिमी क्षेत्रमा भन्दा मध्य र पुर्वी क्षेत्रमा घना वर्षा गराउने बादल देखिएको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

कर्णालीमा बर्षा जारी, सावधानी हुने आग्रह

अब गाडी फिर्ता गरौं : प्रतिपक्ष दलका

कर्णालीमा बर्षा जारी, सावधानी हुने आग्रह

कर्णालीमा दुई जनाको कोरोनाबाट मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *