परमेश्वरको मन्डली विश्व सुसमाचार समाजद्धारा सरसफाई

परमेश्वरको मन्डली विश्व सुसमाचार समाज सुर्खेतले ‘७७८६’ औँ विश्वव्यापी वातावरण सरसफाई गरेको छ । बिहीवार वीरेन्द्रनगरको मुख्यक्षेत्र बुद्धपथ, हटियालाईन लगायतका ठाउँमा सरसफाई गरेको हो ।
सरसफाई गरेर पुर्ण रुपमा स्वच्छ बनाउने भन्दापनि बजार सरसफाई आफैले गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यो अभियानको आयोजना गरिएको आयोजकले बताएको छ । यो अभियानले केहि रुपमा सफा भएपनि जथाभावी फोहोर गर्न हुँदैन भन्ने सन्देश दिनु आयोजकको उदेश्य हो ।
सरसफाईमा सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल, वीरेन्द्रनगरका उपप्रमखु निलकन्ठ खनाल, राम जानकी टोल विकास समितिका अध्यक्ष भिम बि.सी, एमाले प्रदेश कमिटी सदस्य ध्रुव थापा, सुनचाँदी व्यवसायी संघका अध्यक्ष ज्ञान बहादुर विश्वकर्मा लगायतको उपस्थिति थियो ।






