हिमपातले हुम्लाको हवाई सेवा अवरुद्ध

हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ । सोमबार राति ८ बजेदेखि हिमपात सुरु भएपछि हवाई सेवा अवरुद्ध भएको हो ।

हिमपातका कारण मंगलबार कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । हिमपात भइरहेको सिमकोट क्षेत्रमा बाक्लो कुहिरो लागिरहेको र विमानस्थलमा हिउ जमेको कारण उडान हुन नसकेको हो ।

हिमपात भएपछि नेपालगञ्जबाट सिमकोटका लागि तय गरिएका सबै उडानहरु रद्द भएका छन् ।

हिमपातले हुम्लाको हवाई सेवा अवरुद्ध

कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म