सात वर्षमा पनि भेटिएनन् चन्दननाथका तीन मुर्ति


जुम्लाको चन्दनाथ मन्दिरमा सात वर्ष अघि चोरी भएका पुरातात्विक महत्वका तीन वटा मुर्ति अझै भेटिएका छैनन् । यति लामो समयसम्म पनि मुर्तिको कुनै पत्तो लागेको छैन । न मुर्ति भेटिएका छन्, न त त्यस्तो कार्यमा संलग्न दोषी नै ।
२०७३ मंसिर ११ गते राति चन्दननाथ मन्दिरका २१ वटा मुर्ति चोरी भएका थिए । चन्दननाथ भैरवनाथ गुठी कार्यालयका प्रमुख रत्नप्रसाद आचार्यका अनुसार २००६ साल लेखिएको सरस्वतीको मुर्ति,सुनले बेरिएको सालिग्राम सहितको मुर्ति र रिद्धिसिद्धि त्रिसुल बन्चरो हातमा लिइएको गणेशको मुर्ति अझै भेटिएको छैन ।
मन्दिरमा मुर्ति चोरी भएको सात वर्ष बितिसक्दा पनि मुर्ति नभेटिनु दुःखद भएको उनले बताए । ‘कर्णालीको प्रसिद्ध मानिएको चन्दननाथ मन्दिरमा आन्तरिक तथा बाहृय पर्यटकहरुको घुँइचो लागिरहेको हुन्थ्यो ।
मन्दिरको दर्शन गरे मनोकामना पुरा हुने विश्वास थियो । तर एकाएक धेरै संख्यामा मुर्ति चोरी हुँदा मन्दिरको शोभा घटेको छ । भक्तालुहरुको विश्वास टुटेको अनुभुति भइरहेको छ,’ उनले भने ।मुर्ति चोरी घटनाको अनुसन्धान सीआइबीले गरेको थियो । अनुसन्धान गर्न तालिम प्राप्त कुकुर परिचालन गर्नुका साथै स्थानीय धार्मिक कर्महरु समेत प्रयोग भए ।
मुर्ति चोरी भएको एक महिनापछि पुस १९ गते गुठीचौर–५ स्थित देपालगाउककको डुम्रेखोलाका खेतहरुमा १४ वटा मुर्तिहरु भेटिए । २०७६ माघ महिनाको ६ गते चन्दननाथ १० को दानसाँघुमा मन्दिरको दत्रातयको मुख्य मुर्ति भेटियो । पुजाआजाका साथ मुर्ति मन्दिरमा भित्र्याइयो ।२०७७ कात्तिक २२ गते चन्दननाथ १० को बोहोरागाउँमा दुइ वटा मुर्ति भेटिए । तर पुराना तीन वटा मुर्ति अझै भेटिएनन् ।
‘चोरी भएका तीन वटा मुर्तिबारे प्रहरी अनुसन्धानले पनि केही बोलेको छैन । भक्तालुहरु आएर मुर्ति पाइए÷नपाइएको बारेमा चासो राख्छन् । तर केही बोल्ने आधार नै छैन,’ उनले भने ।सीआइबीले अनुसन्धानको कुनैपनि प्रगति मन्दिरमा दिइएको छैन ।
आचार्यले भने, ‘पाइएका मुर्तिहरुको रेकर्ड राख्ने कार्य भइरहेको छ तर नभेटिएका महत्वपुर्ण मुर्तिको बारेमा कुनै खबर छैन । ’मुर्ति चोरीमा संलग्न भएको आरोपमा पाककच जनालाई नियन्त्रणमा लिएर कारागार चलान गरेर सजाय अवधि पुरा गरेर छोडिएको छ ।
तर मुर्ति अझै भेटिएका छैनन् ।चन्दननाथ भैरवनाथ मन्दिरका गुठी समितिका अध्यक्ष अमर थापाले नभेटिएका मुर्तिको अनुसन्धान घनीभुत बनाउन माग गरेका छन । उनले भने, ‘चोरिएका अधिकांश मुर्तिहरु भेटिनु तर तीन वटा मुर्ति मात्रै अहिलेसम्म नभेटिनुको कारण पत्ता लगाएर मुर्ति मन्दिरमा फिर्ता गर्ने वातावरण बनाउन सीआइबीलाई आग्रह गरेका छन् ।
उनका अनुसार मन्दिर सुरक्षाको लागि पछिल्लो समयमा सीसी क्यामरा जडान गरिएको छ । प्रहरी हवलदारको नेतृत्वमा तीन जना प्रहरी खटाइएको छ । चन्दननाथ मन्दिरमा रहेका मुर्तिहरु पुरातात्विक महत्वका कतिवटा छन् । कुन सालमा बनेका हुन भन्ने बिषयमा पुरातत्व विभागबाट विज्ञहरु बोलाएर छुट्याउन लागेको उनको भनाइ छ ।
मन्दिर सुरक्षाको लागि आवश्यक पर्ने संरचनाको डिपीआर बनाउने देखि आन्तरिक तथा बाहृय पर्यटकहरुको व्यवस्थित प्रवेशको लागि लकबुकको व्यवस्थापन भएको छ । मन्दिर भित्र फोटो खिच्न दिइएको छैन ।





