गाउँमा बत्ति बल्दा नागरिक हर्षित


नरहरिनाथ गाउँपालिका वडा नं. ९ लालुका स्थानीय नवराज सुनार राष्ट्रिय प्रसारण लाईनको बत्ति बल्दा हर्षित छन् । उनको घरमा टुकि,लाल्टीन,झरो बल्थ्यो । विस्तारै उज्यालो दिने ति सामाग्री हट्दै गए पछी उनको घरमा सोलार बल्थ्यो । सोलारले सोचेजति उज्यालो दिएन । उनि भन्छन् बर्खामा पानी पर्दा,बादल लाग्दा पनी सोलारले उज्यालो नदिने हुँदा आफ्नो परिवारलाई सास्ती हुने ग¥थ्र्यो ।

नवराज सुनार मात्र हैनन् स्थानीय धन बहादुर सार्कीको पिडा उस्तै थियो । टुकि,लाल्टीन,झरो बाल्दा दुख बढि हुने भएकाले ऋण गरेर भएपनी उनको घरमा सोलार ल्याए । सोलारको पावरले सामान्य मोवाईल चार्ज गर्न,बत्ति बाल्न पनी नपुग्ने भएपछी उनको घरमा समस्या थियो । हाल वडा सरकार र पालिकाको पहलमा गाउँमा बत्ति बल्दा हर्षित भएको उनको भनाई छ । उनले वडा र पालिका सरकारलाई धन्यवाद समेत दिए । वडा नं. ९ लालुका २ जना मात्र हैनन् हाल २ सय घरधुरीका परिवारहरु हर्षित देखिन्छन् ।

नरहरिनाथ गाउँपालिका वडा नं. ९ लालुमा १४ वर्ष पछि राष्ट्रिय प्रसारण लाईनको बत्ति बलेको छ । कालिकोट जिल्लामा रहेको पोतमारा जलविद्युत आयोजनाको विद्युत लाईन नरहरिनाथ गाउँपालिकाको लालुमा लिने भनेर २०६६ सालमा विद्युतका पोल गाडियो । पोल गाडिएपनी विद्युत लाईन भने पुग्न सकेको थिएन ।

नरहरिनाथ गाउँपालिका वडा नं. ९ लालु र गाउँपालिकाको निरन्तर सहयोग तथा समन्वयले गर्दा हाल गाउँमा बत्ति बलेको छ । वडा नं. ९ लालुमा रहेका ८ सय घरधुरी मध्ये हाल २ सय बढी घरधुरीमा बत्ति बाल्ने लक्ष रहेको वडा अध्यक्ष प्रदिप बोहराले जानकारी दिए । बोहराका अनुसार अन्य ६ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जोड्नका लागि नेपाल विद्युत प्राधिकरण कालिकोटले टेन्डर गरिसकेको छ ।

नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टका अनुसार गाउँपालिका,वडा पालिका र नेपाल विद्युत प्राधिकरण कालिकोट बितरण केन्द्रको अथक प्रयास तथा मेहनत पछी बत्ति बाल्न सफल भएको बताए । उनले भने गाउँपालिकामा रहेका सवै वस्तीमा राष्ट्रिय प्रसारण लाईन पु¥याएर बक्ति बाल्ने गाउँपालिकाको लक्ष रहेको छ ।

तत्कालिन लालु गाउँ विकास समिति हुदाखेरी पोतमाराको बत्ती ल्याउने भनी पोल गाडिएका भएपनी बत्ति आउने अत्तोपत्तो थिएन । गाउँमा बत्ति बल्दा वडा नं. ९ लालुका नागरिकहरु हर्षित देखिएका छन् ।

गाउँमा बत्ति बल्दा नागरिक हर्षित

सल्यानका पाँच सामुदायीक विद्यालयमा बालमैत्री पुस्तकालय

गाउँमा बत्ति बल्दा नागरिक हर्षित

कर्णालीको खेल पोशाक राष्ट्रिय खेलकुद परिषदमा दर्ता