बनगाड कुपिण्डे नगरपालिका–६ मा तेस्रो वडा अध्यक्ष कप सञ्चालन


सल्यानको बनगाड कुपिण्डे नगरपालिका –६ मा तेस्रो वडा अध्यक्ष कपको उद्घाटन गरिएको छ । खेलमा विभिन्न टोलबाट विभिन्न विद्यामा खेलाडी सहभागी भएको वडा अध्यक्ष गणेश विसिले जानकारी दिए ।
पुरुष तथा महिला भलिबल,डोरि तान्ने रस्साकस्सि महिला तथा पुरुष,सट्फुट महिला तथा पुरुषका निम्ति विभिन्न इभ्यान्टहरुमा वडाका विभिन्न टोलहरुबाट सहभागी भएको जनाएको छ ।
पुरुष भलिबल तर्फ १२ वटा टिम,महिला भलिबल तर्फ ५ वटा टिम,महिला रस्साकस्सिमा ६ जना,पुरुष ५,सट्फुटमा पुरुष ८ र महिला २ जनाले भाग लिएको वडा सचिव जनक कोइरालाले जानकारी दिए । उक्त खेलको वडा अध्यक्ष गणेश विसिले उद्घाटन गरेको जनाएको छ । खेल ३ दिनसम्म चल्ने वताएको छ ।






