रोजगारिको लागि साउदि पुगेका एक युवकको मृत्यु


रोजगारीको शिलशिलामा साउदी पुगेका सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं ७ मैदुका २४ वर्षीय सुबास वि.सि सिकिस्त बिरामी परेको केहि दिनमै उनको मृत्यु भएको छ ।

उनको शरिरि पुरै काँपीरहेको एक भिडियो मार्फत देख्न सकिन्थ्यो। त्यहाँ रहेका नेपालीहरुले समेत उनी केही दिन गम्भीर विरामि परेको जनाएका थिए । यश अघि उनको उद्दारका लागि नेपाली दुतावास तथा नेपाल सरकारसँग अपिल समेत गरिएको थियोे ।

नेपाल फर्काउने कुनै उपाय नचलेको जनाएको थियोे । उनको घर परिवारले समेत उद्दारका निम्ति पहल थाली दिन अनुरोध गरेका थिए । कुवेतमा रहेका विसिकै स्थानका तिलक बस्नेतले दिएको जानकारी अनुसार उपचार र टिकट व्यवस्थापन सबै आफैले गर्दा पनि कम्पनीबाट नेपाल पठाउनका लागि सहयोग नभएको गुनासो पोखे ।

हाल विरामिलाई एक्लै नेपाल पठाउदा अफ्ठ्यारो हुने र विरामी लगेर साउदी देखि नेपाल सम्म जाने व्यक्ति समेत नभएकोले यश अघि जनाएको थियोे तर सोमबार उनको साउदीमै ज्यान गएको छ ।

उक्त कुराको व्यवस्थापन गर्न कम्पनी, म्यानपावर र एम्बेस्सी सङ्ग बारम्बार अनुरोध गर्दा सबै निकायले इन्कार गरेको वस्नेतको दुखेसो व्यक्त गरेका थिए । नेपाल फर्काउने क्रममै उनको मृत्यु भएको जनाएको छ ।

रोजगारिको लागि साउदि पुगेका एक युवकको मृत्यु

सिमकोट हिल्सा सडक बन्द

रोजगारिको लागि साउदि पुगेका एक युवकको मृत्यु

कर्णालीमा ६ महिनामा ७१ करोड बढीको कृषि