सन्दीप लामिछानेलाई तोकियो ८ वर्ष जेल सजाय


बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले बुधवार लामिछानेविरुद्ध आठ वर्ष कैद सजाय निर्धारण गरेको हो ।

पीडित गौशाला–२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो। तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर दुबै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था छ। सोहीअनुसार आज तोकिएको पेसीले सजाय निर्धारण गरेको हो ।

इजलासले उनीबाट पाँच लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ ।

इजलासले काठमाडौँदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर गौशालास्थित ‘काठमाडौँ होटल इन’मा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको फैसलामा उल्लेख छ ।

सन्दीप लामिछानेलाई तोकियो ८ वर्ष जेल सजाय

खत्याडी जनताहरूको बिजुली बत्ती बाल्ने धोको अधुरै