खेलकुद पत्रकारिता सम्बन्धि तालिम


कर्णाली प्रदेश सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद अवसर र चुनौतीको बिषय रहेको बताएका छन् ।

बुधवार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको आयोजना र कर्णाली प्रदेश खेलकुद परिषदको समन्वयमा भएको खेलकुद पत्रकारिता सम्बन्धि दुईदिने तालिममा मन्त्री पोखरेलले यसलाई सफल बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेशको गौरबको आयोजना प्रदेश रङ्गशालाको निर्माण कार्य तिव्र रुपमा अगाडि बढेको बताए ।

१० औं राष्ट्रिय खेलकुद उक्त रङ्गशालामा मात्रै खेलाउन सम्भव नहुने हुँदा अन्य जिल्लाका खेलकुदका पूर्वाधारका योजनामा पनि जोड दिन आवश्यक रहेको उनको भनाइ छ ।

अन्य जिल्लामा खेलकुदका संरचना निर्माणका लागि बजेट अभाव रहेको मन्त्री पोखरेलले भने, ‘आर्थिक अभाव भएपनि १० औं राष्ट्रिय खेलकुद अवसरमा रुपमा लिएर सम्पन्न गर्नुपर्ने छ । कर्णालीको खेलकुद विकासका लागि कर्णाली सरकारले सदैव अगाडि बढ्नेछ ।’

यस्तै, कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले कर्णालीका पत्रकारले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको समाचार सम्प्रेषण सँगै अन्य खेलकुदका गतिविधिलाई आफ्ना मिडिया मार्फत प्राथमिकता दिने अपेक्षा राखेको बताए । सदस्य सचिव संञ्जालका अनुसार कर्णालीमा पत्रकारको क्षमता वृद्धिका लागि यस्ता खालका तालिमको आयोजना हुनुपर्ने बताए ।

साथै, पत्रकार महासंघका कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहनका लागि फेलोसिप गर्नुपर्ने योजना बनाएको जानकारी दिए । खेलकुद पत्रकारिता मात्रै नभएर मात्रै अन्य विद्याका पत्रकारिताको क्षमता वृद्धिका लागि पनि अन्य तालिमको आयोजना गरिने पनि बताए ।

खेलकुद पत्रकारिता तालिमको प्रशिक्षकमा पवन आचार्य, प्रकाश तिमल्सिना, भानु अधिकार र सुवाश हुमागाई रहेका छन् । तालिममा वीरेन्द्रनगरमा रहेका सम्पूर्ण पत्रकारहरु उपस्थिति रहेको छ । उक्त तालिम बिहीवार सम्पन्न हुनेछ ।

खेलकुद पत्रकारिता सम्बन्धि तालिम

YUGAAWHAN NATIONAL DAILY (2080-09-18)

खेलकुद पत्रकारिता सम्बन्धि तालिम

लागूऔषध ब्राउन सुगर सहित चार जना प्रकाउ

This will close in 0 seconds