स्कुल जान्छु भनेर बेपत्ता भएका बालक मृत फेला


जाजरकोटको छेडागाड नगरपालिका–१० का १२ वर्षिय बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् । १० दिनदेखि बेपत्ता भएका बालक शनिवार झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

छेडागाड नगरपालिका–१० सिमथलाका नरबहादुर थापाका कान्छा छोरा १२ वर्षिया धनबहादुर थापा मृत अवस्थामा भेटिएको छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार २१ गते बिहान विद्यालय जान्छु भनेर घरबाट निस्केको र उक्त दिनदेखि घरमा नआएको उपप्रमुख थापाको भनाइ छ ।
मृतक बालकले कहिलेकाही आमालाई साथीसँग भागेर भारत जान्छु भन्ने गरेको उपप्रमुख थापाको बताए ।

उनले भने,‘उसको आमाले पनि सायद भारत नै गयौं होला भन्ने सोचेको रहिछन् । तर, पछि ढुक्क नहुँदा प्रहरीलाई खोज्नका लागि जानकारी पनि दिएकी थिइन् । उ हराएको दिन स्कुल जान्छु भनेर गएको तर घर भन्दा पर झण्डै २५ मिटर टाढा झोला भेटिएको थियो ।’

झोला भेटिएको १० दिनपछि घर देखि झण्डै दुई सय मिटर टाढा प्रयोग नभएको गोठमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

मृतक बालकका बुवा र दाइ भारतमा रहेका छन् । उनी अन्नपूर्ण आधारभूत विद्यालय नल्फूमा कक्षा ६ मा अध्ययनरत थिए ।
घटना आत्महत्या हो या के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्कुल जान्छु भनेर बेपत्ता भएका बालक मृत फेला

दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु

स्कुल जान्छु भनेर बेपत्ता भएका बालक मृत फेला

डा. केसी अनसन बसेपछि धनगढीवासी विरोध प्रदर्शन