दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु

दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु भएकोे छ ।

तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई गएराति घोराही–१० झारबैरा चोकमा ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका प्युठानको झिमरुक गाउँपालिका–४ बाङ्गे बस्ने १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–लुङका १८ वर्षका सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए ।

टिपर चालक रोल्पा रुन्टीगढी–९ का २६ वर्षका ईश्वर बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2080-08-30)

दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु

स्कुल जान्छु भनेर बेपत्ता भएका बालक मृत