२०८२ फाल्गुन ५ गते
×

Now Playing

बाढी पहिरो पीडितलाई खाद्यान्न सहयोग

गत भदौ ३ र ४ गते परेको अबिरल वर्षासँगै गएको बाढी पहिरो पीडितलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दश लाख मूल्य बराबरको खाद्यान्न राहत सहयोग उपलब्ध गराएको छ ।

बाढी पहिरोबाट पीडितलाई मलमपट्टी लगाउने उद्देश्य कांग्रेस केन्द्रले उपलब्ध गराएको राहत सहयोग पीडितलाई गाउँगाउँमा पुगेर प्रदान गरिएको हो ।

नेपाली काँग्रेस हुम्लाका सभापति एवं अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले काँग्रेस केन्द्रबाट प्राप्त भएको दश लाख राहात सहयोगबाट बाढी पहिरो पीडितलाई खाद्यान्न खरिद गरेर वितरण गरिएको जानकारी दिए ।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको पहलमा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय कार्य समितिको तर्फबाट उक्त सहयोग प्राप्त भएको हो ।

उनले बाढी पहिरोमा एक जनाको मृत्यु भएको र पाँच सय ७५ घरधुरीको पाक्नै लागेको बालीनालीमा क्षति पुगेको थियो । उनले पीडित सबै घरधुरीलाई ३० केजीको एक एक बोरा खाद्यान्न सहयोग प्रदान गरेको जानकारी दिए ।

बाढी पहिरो पीडितलाई खाद्यान्न सहयोग

अपाङ्गता भएका व्यक्तिलाई हवाई भाडामा ५० प्रतिशत

बाढी पहिरो पीडितलाई खाद्यान्न सहयोग

सुरक्षित महिनावारीका लागि स्यानिटरि प्याड तालिम