भूकम्प अपडेटः दोस्रो दिन पनि उद्धारकार्य जारी (तस्विरहरु)

जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएको दोस्रो दिन आज पनि उद्धार कार्य जारी छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी लगायतले भूकम्पले क्षति पुगेका स्थानमा खोज तथा उद्धार कार्य जारी नै राखेका छन् ।
शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा मात्रै १५७ जनाको ज्यान गइसकेको छ भने डेढ सयभन्दा धेरै घाइते उपचाररत रहेका छन् ।
हेर्नुस् उद्धारका तस्विरहरुः











