सुर्खेतमा राति १ बजेसम्म मापसे चेकजाँच हुने

हाल चाडपर्वको समयलाई लक्षित गरी ट्राफिक प्रहरीले चेकजाँच र सचेतना लगायतका कार्यक्रमहरु अघि बढाएको छ । चाडपर्व सुरक्षा कार्य योजना, २०८० को निर्माण गर्दै प्रहरीले कर्णालीका ५३ स्थानमा सवारी चेकजाँच गर्ने योजना गरेको हो ।

सुर्खेतमा भने सवारीको चापलाई मध्यनगर गरेर प्रत्येक दिन दुई ‘सिफ्ट’मा मापसे (मादक पदार्थ सेवन) चेकजाँच समेत हुनेछ । साँझ ७ देखि १० बजेसम्म पहिलो चरण र १० बजेदेखि राति १ बजेसम्मलाई दोस्रो चरणमा मापसे चेकजाँचहरु हुने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भूपेन्द्रबहादुर शाहीले जानकारी दिए ।

कर्णालीका अन्य जिल्लाहरुमा भने एक चरणमा मात्र मापसे चेकजाँच गर्ने योजना रहेको छ । सवारी साधान चाकलाई ‘रिफ्रेसमेन्ट’का लागि कर्णालीका तीन नाकामा ‘रिप्रेस सेन्टर’को समेत व्यवस्था गरिएको छ । सल्यानको कपुरकोट, सुर्खेतको बड्डिचौर र छिन्चुमा रिप्रेस सेन्टर सञ्चालन गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

त्यसैगरी यात्रुको सहायताका लागि कर्णालीभर ३६ स्थानमा यात्रु सहायता कक्षको समेत स्थापना भएको छ ।

खासगरी कर्णालीका नाकामा विशेष चेकजाँचको व्यवस्था छ । बबई, सुब्बाकुना, कपुरकोट र सल्लीबजारमा चाडपर्व लक्षित विशेष चेकजाँचहरु हुनेछन् ।

अघिल्ला वर्षहरूमा झैँ कर्णाली प्रदेश प्रहरीले चाडपर्वको समयमा हुने सडक दुर्घटना जोखिम न्यूनीकरणका लागि नागरिक सहायता कक्ष, नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही, ट्राफिक सहितको संयुक्त जाँचलगायतका कार्यक्रमहरू अघि सारेको हो ।

असोज चौथों साता उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीमा ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’को समेत शुभारम्भ गरेका थिए । यस अभियानमा प्रहरीले सडक प्रयोगकर्ता र सडक सुरक्षाका विषयमा सरोकार राख्ने सबैलाई ट्राफिक नियमका विषयमा सचेतना फैलाउने उद्देश्य लिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

सुर्खेतमा राति १ बजेसम्म मापसे चेकजाँच हुने

दशैं खर्च जुटाउन शहर धाउदै राउटे

सुर्खेतमा राति १ बजेसम्म मापसे चेकजाँच हुने

दशैं विशेष: महिमाका नौ दिन