सिमकोटलाई व्यवस्थित र सुन्दर बनाउन बजेट अभाव हुन नदिने

 

कर्णाली प्रदेश सरकार पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले हालको सदरमुकाम सिमकोटलाई व्यवस्थित र सुन्दर बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बडादसैँको अवसरमा सिमकोट गाउँपालिकाले आयोजना गरेको व्यवस्थित सिमकोट बनाउन सरोकारवाला पक्षसँग गरेको सुझाव संकलन कार्यक्रममा प्रदेश सभा ख नम्बर प्रदेशका सदस्यसमेत रहेका शाहीले सो कुरा बताएका हुन् । उनले उच्च क्षेत्रमा रहेको सिमकोट बजारलाई सुन्दर र व्यवस्थित बनाउनु आजको आवश्यकता रहेको बताउँदै त्यसका लागि आवश्यक पर्ने बजेट अभाव हुन नदिने प्रतिबद्धता ब्यक्त गरे ।

पर्यटकीय क्षेत्रका रुपमा रहेको उच्च हिमाली शहर निर्माण गर्न धेरै पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताउँदै यसका लागि स्थानीयले पनि सहयोग गर्नुपर्ने उनले बताए । हाल सिमकोट बजार अव्यवस्थित र टाउन प्लानिङसमेत हुन नसकेको अवस्थामा यसलाई व्यवस्थित गर्न गाउँपालिका बनाउनुपर्ने र आफू स्रोत जुटाउने कामका लागि प्रदेश र संघीय सरकारसँग पहल गर्ने उनले बताए ।

सिमकोट बजारमा हाल जथाभावी घर निर्माण भइरहेको प्रति पनि उनले सुन्दर शहर बनाउनका लागि प्लानिङ आवश्यक रहेको बताए । सिमकोटको हरेक पूर्वाधार विकासमा आफ्नो पनि योगदान रहेको र अब व्यवस्थित सिमकोट बनाउन अझै लाग्ने उनले बताए ।

त्यसैगरी, कार्यक्रममा सिमकोट बजारलाई व्यवस्थित गर्न नापीले छुट्याएको बाटो चौडा बनाउनुपर्ने आवाज कार्यक्रममा सहभागीले गाउँपालिकालाई सुझाव दिएका थिए । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको उपस्थिति रहेको कार्यक्रमले नापीले नक्सांकन गरेको बाटोलाई गाउँपालिकाले आफ्नो नम्सअनुसार बाटो चौडा गर्ने निर्णयसमेत भएको छ ।

सिमकोट बजारलाई व्यवस्थित गर्न गाउँपालिकाले यो कार्यक्रम आयोजना गरेको अध्यक्ष विजय भण्डारीले बताए । कार्यक्रममा उपाध्यक्ष सुशिला रोकाया भाम, राजनीतिक दलका नेता, सिमकोट गाउँपालिका ५ र ६ नम्बर वडाका अगुवाहरूको उपस्थिति थियो ।

सिमकोटलाई व्यवस्थित र सुन्दर बनाउन बजेट अभाव हुन नदिने

दशैं विषेशाङ्क प्रेरणा म्यागेजिन पत्रिका विमोचन

सिमकोटलाई व्यवस्थित र सुन्दर बनाउन बजेट अभाव हुन नदिने

जाजरकोटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु