भेरीगंगाबाट लागूऔषध सहित दुई जना पक्राउ

सुर्खेत प्रहरीले भेरीगंगाबाट लागूऔषध सहित दुई जना पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका –४ बबई स्थित अस्थायी प्रहरीबिट बबईको चेक पोष्टमा खटिएको पाँच जनाको प्रहरी टोलीले पक्राउ गरको हो ।

नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे १३ प २६९७ नम्बरको स्कुटीलाई शंका लागी चेकजाँच गर्ने क्रममा स्कुटी चालक जाजरकोट बारेकोट गाउँपालिक–९ बस्ने २५ वर्षिय कमल गौतम र पछाडि सवार नलगाड नगरपालिका–७ बस्ने २१ वर्षिय महेन्द्र वलीलाई प्रहरीले पक्राउ गरेको हो ।

महेन्द्र वलीले पछाडि बोकेको ल्यादरको झोला भित्र रहेको सेतो कलरको बक्स पाईन्टको दाँहिने पट्टिको गोजिमा सेतो कागज भित्र लुकाई राखेको नाप तौल नगरेको चार पुडिया लागूऔषध ब्राउन सुगर खैरो धुलो पदार्थ सहित पक्राउ गरेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । उनिहरुलाई थप अनुसन्धानको लागी तालुक ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको छ ।

सयैगरी पञ्चपुरी नगरपालिका–५ विद्युत कार्यालय नजिक रहेको भित्री सडक खण्ड अन्तर्गत सडक छेउमा बेवारिसे अवस्थामा रहेकोे सामान प्रहरीले बरामद गरेको छ ।

पाँच बोरा चिनि अन्दाजी तौल दुई सय ५० के.जी. अन्दाजी एकतीस हजार रुपैयाँ बराबरको सामान रहेको छ ।

ईलाका प्रहरी कार्यालय बाँबियाचौरबाट खटिई गएको २ जनाको प्रहरी टोलिले सामान बरामद गरी ईलाका प्रहरी कार्यालय बाबियाचौरमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।

भेरीगंगाबाट लागूऔषध सहित दुई जना पक्राउ

सुर्खेतका तेक्वान्दो खेलाडी बङ्गालादेश जाँदै

भेरीगंगाबाट लागूऔषध सहित दुई जना पक्राउ

भेरीका किसानलाई मौरी गोलासहितका आधुनिक माहुरीघार वितरण