युगआह्वानकर्मीलाई ‘मोवाइल जर्नालिज्म’ तालिम

समाचार तथा सूचनामा नागरिकको पहुँच बढाउने उद्देश्यले ‘मोवाइल जर्नालिज्म’ तालिमको आयोजना गरिएको छ । यस युगआह्वान दैनिकद्वारा प्रकाशित युगन्युज डट कममा आवद्ध जिल्लाका पत्रकार तथा पालिकामा रहेका सूचकहरुका लागि युगआह्वानले एक दिने मोवाइल जर्नालिज्म तालिमको आयोजना गरेको हो ।
प्रविधिको युगमा क्षमता अभिवृद्धिका लागि युगआह्वानसँग आवद्द रहेका पत्रकार तथा सूचकहरुलाई मोवाइल जर्नालिज्म सम्बन्धि तालिम दिएको छ । सूचना तथा समाचार प्रशारणमा पराम्परागत शैलीबाट अघि बढ्दा धेरै समय लाग्ने तथा धेरै नागरिकको पहुँचमा नपुग्ने भएकाले मोवाइलको प्रयोग गर्दै समाचार सम्प्रेसणका विषयमा तालिममा जानकारी दिइएको थियो ।
यसैगरी नेपाल पत्रकार महासंघ, कर्णालीका महासचिव खगेन्द्र भट्टराईले पत्रकारीतालाई स्थायित्व गर्न सके नागरीकको लागि बुलन्द हुदै जाने बताए । पत्रकारीतालाई आधुनिकिरण गराउनका लागि अघि बढ्नुपर्ने उनले सुझाव दिए ।
तालीम उद्घाटनसत्रमा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तथा तालिमका प्रशिक्षक भानुभक्त अधिकारीले परम्परागत पत्रकारीताको विकल्पको रुपमा अहिले प्रविधियुक्त पत्रकारीतामा युगआह्वानले शुरु गरेको गतिविधिमा खुशि व्यक्त गरे ।
सूचना प्राप्तीमा भोको रहेको समाजलाई प्रविधिको माध्ययमबाट सूचना प्रवाह गर्न सके सूचनाहरु विश्वव्यापीकरण हुने उनले बताए । यसका साथै मोबाइल पत्रकारिता हालको समयमा विशेष आवश्यकता रहेको उनको भनाई थियो ।
त्यसैगरी कर्णाली मिडिया सोसाइटीका संयोजक सुशिलराज शर्माले तालिममा सहभागिहरुलाई यो क्षेत्रमा निरन्तर लाग्न र नरोकिन आग्रह गरे ।
पत्रकारीता क्षेत्रबाट नै कर्णालीलाई पहिचान दिन सकिने खालको पत्रकारीता गर्न उनले अनुरोध गरे । युगआह्वानले संचालन गरेको मोबाइल जर्नालिज्म तालिमबाट प्रदेश, जिल्ला र पालिकाको सेतु बन्ने भन्दै उनले शुभकामना दिएका थिए ।
यसैगरी नेपाल पत्रकार महासंघ, सुर्खेतका अध्यक्ष ललित बसेलले फरक पृथक रुपमा अघि बढ्न सहभागिहरुलाई सुक्राव दिए । प्रविधिलाई प्रयोग गर्दै ‘पत्रिका घरघरमा नगइ पकेट–पकेटमा पुग्नुपर्छ’ भन्ने भनाई राख्दै उनले सूचना वितरणमा सक्रिय रुपमा लाग्न अनुरोध गरे ।
युगआह्वान दैनिकका प्रकाशन तथा सम्पादक दीपक बुढाले पत्रिकालाई प्रदेश स्तरमा मात्र नभई टोलटोलमा पु¥याउने उदेश्यले तालिमको आयोजना गरेको बताए । नागरीकलाई उनीहरुको मोबाईलमा नै प्रत्रकारिताको मूल्य मान्यतामा रहेर सूचना तथा समाचारहरु उपलब्ध गराउने तालिमले थप सहयोग गर्ने बताए ।
तालिममा युगआह्वानसँग आवद्व रहेका पाँच जिल्लाका पत्रकार तथा पालिकाका सूचकहरु लगायतको सहभागिता रहेको थियो ।






