संघीय सरकारद्वारा वीरेन्द्रनगरका साना सडक स्तरोन्नति हुने

पुनम वि.सी.
सुर्खेत ।
संघीय सरकारले वीरेन्द्रनगर नगरपालिका ४४ वटा साना सडक स्तरोन्नति गर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिका १ देखि १२ नंम्वर वडा स्थित उक्त सडकहरु संघीय सरकारले स्तरोन्नति गर्ने भएको हो ।
सडक स्तरोन्नति कार्य प्रस्ताव गर्दै संघीय सरकार मातहत रहेको वीरेन्द्रनगर स्थित संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेतले यस विषयमा वातावरण अध्ययन कार्य भईरहेको जनाएको छ ।
सडकहरुको स्तरोन्नती तर्फ वातावरण अध्ययन अन्र्तगत कार्यालयले सरोकारवालाहरुको राय माग गरेको छ । वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम सडक स्तरोन्नतिका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी राय सुझाव संकलन गरिने कार्यालयले जनाएको छ ।
सूचना जारी गर्दै कार्यालयले आगामी आईतवार वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा सडक स्तरोन्नतिका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने जनाएको छ ।
३० करोड लागत
वीरेन्द्रनगर स्थित ४४ वटा साना सडक स्तरोन्नतिका लागि संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेतले ३० करोड रुपैयाँ लागत रहनेगरी ठेक्का सम्झौता गरेको छ ।
३० करोड दुई लाख ६७ हजार पाँच सय १४ रुपैयाँ लागतमा खड्का-केएसके जेभी, बाँकेसँग ठेक्का सम्झौता गरिएको संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेतका ईञ्जिनियर गोकर्ण थापाले जानकारी दिए ।
कुन–कुन सडक स्तरोन्नति हुने ?
वीरेन्द्रनगर नगरपालिकाका १ देखि १२ नंम्वर वडा मध्ये ४४ वडा सडक प्रस्ताव भएका छन् ।
प्रस्ताव भएका सडकहरुमा घुस्रा शिव सुवेदीको घरदेखि पश्चिम जाने सडक, शिव मावि देखि तिलपुर सडक तथा नाला निर्माण, रत्न राजमार्ग भुवनेश्वरी पेट्रोल पम्प देखि उत्तर हटलाइन जोड्ने सडक, हटलाइन धर्मराज गिरीको घरदेखि दषिण रेडियो नेपाल जोड्ने सडक स्तरोन्नति हुने संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेतले जनाएको छ ।
त्यसैगरी हटलइन पुलदेखि (ढोडेखाली स्कुल) उत्तर सडक, वडा नं. १ टेम्पो पार्क देखि उत्तर गंकटे खोला सडक, वडा नं. १ टेम्पो पार्क देखि दक्षिण भुरेली जोड्ने सडक, रत्म राजमार्ग बजाज शोरुम देखि दक्षिण जोड्ने नयाँमार्ग सडक, खड्का होटल देखि पश्चिम सिटि हल जाने सडक, रत्न राजमार्ग मात्रन गौतमको घरदेखि उत्तर सडक र भेटेनरी चोकदेखि तारामी चोक जोड्ने सडक स्त्तरोन्नति हुनेछन् ।
काफ्ले मिलदेखि पूर्वतर्फ जोड्ने सडक, सगरमाथा टोलबाट दैलेख रोड जोड्ने सडक, शनिहल देखि रत्न राजमार्ग जोड्ने सडक, बिमला बोहोराको घरबाट प्रेमध्यज शाही घर जोड्ने बाटो, रेशमीलाल चपाईको घरदेखि दक्षिण बिरुवाबरी जोड्ने सडक, सरस्वती स्कुल दक्षिण नारायण टोल हुँदै अमरदीप क्याम्पस जाने सडक, वीरेन्द्रनगर नगरपालिकाको पश्चिम तर्फ जिल्ला समन्वय समिति हुँदै जिल्ला प्रहरी कार्यालय तर्फ जाने सडक र रत्न राजमार्ग देखि व्यहोरा घरि पुल नजिक जोड्ने सडक स्तरोन्नति हुने कार्यालयले जनाएको छ ।
स्तरोन्नति हुने सडकहरु तर्फ गौतम चोक दक्षिण देखि रुद्र गौतमको घरदेखि पश्चिम फलाटे जोड्ने सडक, रत्न राजमार्ग गौतमचोक दक्षिण खनालको घरदेखि जगन्नाथ देवी प्रावि सडक, आचार्य चोक देखि खगेन्द्र भट्टराईको घर हुँदै एयरपोर्ट जोड्ने सडक, राताोपुल देखि यरिचोक जोड्ने सडक, पिपिरा चोक ललितमार्ग इट्टा भट्टा हुँदै अछामी मागृ सडक, धापालिघाट देखि त्रिवेणी चोक जोड्ने सडक, रत्न राजमार्ग हुँदै चन्द्रनगर टोल जोड्ने सडक, रत्न राजमार्ग देखि पञ्चकोशी टोल जोड्ने सडक, रत्न राजमार्ग नेवारे खोला पुल देखि उत्तर लालबहादुर बुढाको घर जाने बाटो संघीय सरकारले स्तरोन्नति गर्ने भएको हो ।
मसुरीखेत हुँदै माझगाउँ अन्नपूर्ण टोल जोड्ने सडक, यरीचोक पतेनी हुँदै जयपुर जोड्ने सडक, राना टोल हुँदै हरिडिलभूमि जोड्ने सडक, रत्न राजमार्ग पिपिरा वडा नं. ११ देखि उत्तर जोड्ने सडक, रत्न राजमार्ग देखि सुन्दर टोल जाने सडक, यरीचोक पतेनी रोड वडा कार्यालय जाने बाटो हुदै चारु गाउँ जोड्ने सडक स्तरोन्नती हुनेछन् ।
त्यसैगरी निलकण्ठ अर्यालको घरदेखि इत्राम खोला जाने बाटो, नविन चपाईको घरदेखि दक्षिण हुँदै शंकर प्याकुरेलको घरसम्मको सडक, रत्न राजमार्ग गण्डकी लाइन प्रेमध्वज शाहीको घरदेखि पश्चिम जोड्ने सडक, तिवारी चोक सडक, विश्राम चोक सडक, भानु चोक सडक, इत्राम् खोला सडक, हटलाईन पोन देखि ४ नं. वडा सडक, मसुरी खेत सडक, मसुरी खेत देखि ३ नं. वडा सडक स्तरोन्नति हुने संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेतले जनाएको छ ।






